जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने « Khabarhub

जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने

प्रतिवेदन लेखनका लागि मागियो थप समय


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

कामाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको विध्वंश र मानवीय हताहतिबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आगामी साता उच्च राजनीतिक नेतृत्वलाई बयान लिने भएका छ ।

जाँचबुझ आयोगको म्याद सकिन लागेको अवस्थामा आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर म्याद थपका लागि आग्रह गरेको छ ।

त्यसक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिन लागिएको बताएका छन् ।

आयोगले सुरक्षा निकायका प्रमुखहरुसँग पनि बयान लिइसकेकाले अब त्यसबेला सत्तामा रहेका राजनीतिक दलका नेताहरूसँग बयान लिने तयारी गरेको कार्कीले बताए ।

हालसम्म आयोगले गरेका कामबारे ब्रिफिङका क्रममा कार्कीले प्रशासनिक र सुरक्षा निकायतर्फका सबैको बयान सकिएको बताए । अब राजनीतिक तहका उच्च नेताहरूको बयान लिएर प्रतिवेदन लेखनमा केन्द्रित हुने उनले बताए ।

आगामी आइतबारदेखि राजनीतिक नेतालाई बयानका लागि बोलाउने तयारी भएको उनले जानकारी दिए । कार्कीले आयोगको नयाँ कार्यादेशअनुसार समय नपुग्ने भएकाले म्याद थप गर्नेबारे पनि कुरा गरेका छन् ।

ओली र लेखकसहितको बयान सक्दा आयोगको समयावधि सकिने भएकाले प्रतिवेदन लेखनलाई समय चाहिने कार्कीले बताए । जेन-जीसँगको सम्झौताअनुसारको क्षेत्राधिकारबारे थप काम गर्नुपर्ने भएकाले म्याद थप गर्न उनले प्रधानमन्त्रीलाई भनेका छन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : ३५ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा