दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव | Khabarhub Khabarhub

दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल दोलालघाट क्षेत्रलाई दुई नदीबाट सुरक्षित राख्न तटबन्ध निर्माणको प्रस्ताव गरिएको छ । यसका लागि जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमै निर्माणार्थ प्रक्रिया अघि बढाएको जनाएको छ ।

कार्यालयलाई गत वर्षमै बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत दुई नदी सुनकोशी र इन्द्रावतीको सङ्गलस्थल दोलालघाट क्षेत्रमा तटबन्ध निर्माणका लागि प्राविधिक नाप, जाँच गरी लागत अनुमान गर्न निर्देशन दिएपछि सबै प्रक्रिया पूरा गरी प्रस्ताव गरिएको कार्यालयका प्रमुख विनय पौडेलले बताए । उनका अनुसार गत वर्षनै दोलालघाट बजार र पुल जोगाउने उद्देश्यले तटबन्ध निर्माणका लागि लागत अनुमानसमेत पठाउन भनिएअनुसार प्रस्ताव गरिएको हो ।

सङ्घीय शसर्त अनुदानअन्तर्गत निर्माण गर्नेगरी गत वर्षमा गरिएको प्रक्रियालाई निरन्तरतासहित यस वर्ष निर्माणको चरण प्रक्रिया अघि बढाइएको पौडेलले बताए । विसं २०७८ असार महिनामा मेलम्चीबाट इन्द्रावती नदी हुँदै आएको बाढी तथा गत असोज दोस्रो साताको बाढीले बस्ती कटान गरेपछि स्थानीयले भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्र सुरक्षाका लागि तटबन्ध निर्माणको माग गर्दै आएका छन् ।

सङ्घीय सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दोलालघाट बजार, बस्ती तथा पुल सुरक्षित गर्ने विषयमा छलफलको योजनासहित अघि बनाइने बताए । ‘विपद्को प्रक्षेपण गर्न सकिए पनि कस्तो खालको हुन्छ भन्ने यकिन गर्न सकिन्न, हाम्रो क्षमता र तत्कालको आवश्यकताअनुसार अघि बढ्नुपर्ने देखिन्छ’, उनले भने । उनले निर्माणको योजना बनाइएको ‘सुनकोशी–तेस्रो’ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढाइए दोलालघाट क्षेत्रको बस्ती नै कसरी व्यवस्थित गर्ने भन्नेमा यकिन हुने बताए ।

पटकपटक इन्द्रावती खोलामा आएको बाढीका कारण इन्द्रावती खोलाको सतहसमेत बढेपछि दोलालघाट बजार र अरनिको राजमार्गअन्तर्गत रहेको दोलालघाट पुल जोखिममा देखिएको छ ।

वर्षौंपिच्छे दुई नदीको सतह बढ्दा त्रासमा रहनुपर्ने जनाउँदै दोलालघाटका स्थानीयले बजार, बस्ती र पुल जोगाउन माग गर्दै आएको स्थानीय हीराकाजी श्रेष्ठले बताए । उनले भने, ‘इन्द्रावती र सुनकोशीमा बाढी आउँदा सधैँ त्रासमा बस्नुपर्ने बाध्यता रहँदै आएको छ, यसकारण सबै तहका सरकारसँग दोलालघाट क्षेत्रको बजार, बस्ती र पुल जोगाउन माग गर्दै आएका छौँ, कुन सरकारले कहिले सुरू गर्ने हो, थाहा छैन !’ उक्त पुल चीन जोड्ने उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्ला जानका लागि दोलालघाटको प्रयोग हुन्छ ।

यसअघि मेलम्ची हुँदै इन्द्रावती नदीमा आएको बाढीका कारण इन्द्रावती र सुनकोशी नदीमा खोलाको सतह बढ्दा दोलालघाटका दर्जन घरटहरा डुबानमा परेका थिए । सोही कारण बस्ती जोखिममा पर्ने भन्दै गत वर्षनै जिल्ला विपद् व्यवस्थापन समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र सुनकोशी नदीमा तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको थियो । माछाका लागि प्रख्यात दोलालघाट इन्द्रावती र सुनकोशी नदीको सङ्गमस्थल क्षेत्रमा फैलिएको बजार हो ।

यस्तै विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बनेको थियो भने २६ जनाको ज्यान गएको थियो । साथै राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : ३० बजे

प्रचण्डद्वारा ग्रामथानका ज्येष्ठ नागरिकलाई सम्मान

मोरङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान

बहुलराष्ट्र राज्यको स्थापना गर्न सबै लागौं : राजेन्द्र महतो

लहान– बलिदानी दिवसको अवसरमा आज मधेश र देशको लागि ज्यानको

जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्न पाइने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान

गाजामा आइतबार बिहान ८ः३० बजेबाट युद्धबिराम लागू हुने

गाजा– अन्ततः हमास र इजरायलका बिचमा युद्धबिराम भएको छ ।

यु-१९ महिला विश्वकप : नेपालले दियो बंगलादेशलाई ५३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा जारी आइसिसी यु १९ महिला विश्वकपमा नेपालले झिनो