मोरङ पुगेर प्रचण्डले लिए ‘भक्का’को स्वाद  « Khabarhub

मोरङ पुगेर प्रचण्डले लिए ‘भक्का’को स्वाद 


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोरङ आइपुगेका छन् । शुक्रबार (हिजो) साँझ उनी विभिन्न कार्यक्रममा सहभागी हुन मोरङ आइपुगेका हुन् ।

उनले आज मोरङस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ । यस्तै, होटल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने छन् भने मोरङको ग्रामथान गाउँपालिकामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

अध्यक्ष प्रचण्डले आज बिहान विराटनगरको ठूलोमिल चोकबाट तिनपैनी–जलजला चोक–अस्पताल चोक–जिल्ला प्रशासन कार्यालय हुँदै पुनः ठूलोमिल चोकमा मर्निङ वाक गरेका छन् ।

यस्तै उनले बिहानै राजवंशी समुदायको भक्काकाे स्वाद लिएको समेत सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘शुभ प्रभात ! राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु। आज दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने छु।’

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १० : ४५ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा