बहुलराष्ट्र राज्यको स्थापना गर्न सबै लागौं : राजेन्द्र महतो « Khabarhub

बहुलराष्ट्र राज्यको स्थापना गर्न सबै लागौं : राजेन्द्र महतो


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लहान– बलिदानी दिवसको अवसरमा आज मधेश र देशको लागि ज्यानको आहुति दिने ज्ञात अज्ञात सम्पूर्ण वीर शहीदहरूप्रति सम्मान गरिएको छ ।

लहानमा रहेको सहिदहरूको सालिकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले माला अर्पण गर्दै श्रद्धा सुमन व्यक्त गरेका छन्। साथै, सहिद परिवारहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।

यस अवसरमा बोल्दै पूर्व उपप्रधानमन्त्री महतोले मधेशको मुक्तिका लागि अझै सङ्घर्ष आवश्यक रहेको बताए ।

 ‘मधेशले एकल नश्लीय औपनिवेशिक शासन विरुद्ध विद्रोह गरेको हो तर, उपनिवेशबाट मधेश अझै मुक्त हुन सकेको छैन। मधेसी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे तर पनि पूर्ण सफलता हात पार्न सकेका छैनन् । असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताहरूले सत्ता सामु आत्मसमर्पण गरेकाले दुर्भाग्य भएको छ,’ उनले भने ।

महतोले सहिदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकतामा जोड दिएका छन् । उनका अनुसार मधेश मुक्तिको खाका तयार गर्दै बहुल राष्ट्र राज्यको स्थापना गर्न लागि पर्ने समय आएकोसमेत बताए ।

 ‘यस प्रणालीमा सम्पूर्ण राष्ट्रविहीन राष्ट्रका जनताले अपनत्व महसुस गर्नेछन्। सबै भाषा र संस्कृतिको सम्मान हुनेछ,’ उनले भने ।

महतोले मधेसी, थारु, पहाडका आदिवासी जनजाति, उत्पीडित खस, मुस्लिम र दलित लगायत सम्पूर्ण समुदायको सभ्यता र संस्कृतिको रक्षा गर्दै सुशासन र समृद्धिको लागि एकजुट भएर सङ्घर्ष गर्न अपिलसमेत गरेका छन् ।

 ‘सत्ताको लोभले सहिदको सपना पूरा हुँदैन। यो जनतालाई ढाँट्नु बाहेक अरु केही होइन। सहिदहरूको प्रति सच्चा श्रद्धाञ्जली दिन सम्पूर्ण नेपाली जनता एक भई अन्तिम पटक सङ्घर्ष गर्नुपर्छ।’

कार्यक्रममा सहिद परिवारहरूले सहिदहरूको सम्मानप्रति कृतज्ञता व्यक्त गरेका थिए। बलिदानी दिवसको यो अवसरले मधेशको स्वतन्त्रता र अधिकार प्राप्तिका लागि संघर्षलाई पुनः सशक्त बनाउने सन्देश दिएको छ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  २ : २६ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा