शेखर कोइरालाको टिप्पणी- सरकार एमालेकरण भइरहेको छ « Khabarhub

शेखर कोइरालाको टिप्पणी- सरकार एमालेकरण भइरहेको छ


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार एमालेकरण भइरहेको टिप्पणी गरेका छन् । 

नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको जिल्ला शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले कांग्रेस–एमाले मिलेर बनेको सरकार एमालेकरण भइरहेको टिप्पणी गरेका हुन् । 

‘हामी सत्तामा छौँ, तर सत्ता बाहिर छौँ । सरकारलाई खबरदारी गर्नु पर्ने आवश्यकता छ,’ नेता कोइरालाले भने, ‘यो सरकार एमालेकरण भइरहेको छ कि भनेर चिन्ता लागेको छ ।’

कोइरालाले कांग्रेस–एमालेले संयन्त्रमार्फत् सरकार सञ्चालन गरेको भन्दै आपत्तिसमेत जनाए । ‘संयन्त्रले सरकार चलाउने दुष्प्रयास भइइरहेको छ,’ उनले भने, ‘लोकतन्त्रमा संयन्त्रले सरकार चलाउने होइन ।’

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ११ : ५७ बजे

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई