सान्भि इनर्जीको आईपीओ निष्काशन « Khabarhub

सान्भि इनर्जीको आईपीओ निष्काशन


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सान्भि इनर्जी लिमिटेडले शुक्रबार (आज)बाट सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । 

कम्पनीले पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित बासिन्दालाई आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आफ्नो चुक्ता पुँजीको ४७.०७ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता शेयर १०० रुपैयाँका दरले आईपीओ निष्कासनको अनुमति पाएको थियो । 

जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता शेयर इलाम नगरपालिका–१०, माईजोगमाई गाउँपालि–१, ३ र ४, सूर्योदय नगरपालिका-१० र ११ का आयोजना प्रभावित बासिन्दाको लागि आईपीओ खुल्ने छ ।

आयोजना प्रभावितका लागि शुक्रबार देखि जेठ ३ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पुँजीको ३३.०७ प्रतिशत अर्थात् २९ करोड १० लाख रुपैयाँ बराबरको २९ लाख १० हजार कित्ता शेयर सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने भएको छ । 

सर्वसाधारणलाई जारी गर्ने शेयर मध्ये श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि १० प्रतिशत अर्थात् २ लाख ९१ हजार कित्ता शेयर निष्कासन गर्ने भएको छ । उक्त शेयर शुक्रबार ९वैशाख ५ गते० देखि वैशाख १५ गतेसम्म आवेदन दिन सकिने छ । 

आयोजना प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई बाँडफाँड गरिसकेपछि कम्पनीले अनि सर्वसाधारणको लागि बिक्री खुल्ला गर्ने भएको छ । 

हाल कम्पनीको जारी पुँजी ८८ करोड रुपैयाँ रहेको छ । कम्पनीको बिक्री प्रबन्धक र धितो पत्र निष्कासन नेपाल एसबीआई मर्चेण्ड बैंकले गर्ने छ । 

कम्पनीले इलामको जोगमाई खोला साना जलविद्युत आयोजना ७.६ मेगावाट र जोगमाई क्यासकेड जलविद्युत आयोजना ५.२ मेगावाट जडित क्षमताका दुवै आयोजनाहरू निर्माणाधीन हरको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : ३९ बजे

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

कैलाली– युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४ तङ्ग्राम

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई