शिक्षकको आन्दोलनका बीच पनि कक्षा १२ को परीक्षा रोकिएको छैन | Khabarhub Khabarhub

शिक्षकको आन्दोलनका बीच पनि कक्षा १२ को परीक्षा रोकिएको छैन


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षकको आन्दोलनका बीच पनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको तयारी गरेको जनाएको छ । बोर्डले बुधबार सूचना जारी गर्दै सबै विद्यार्थीलाई परीक्षाको तयारीमा लाग्न र अभिभावक तथा अन्य सरोकारवाला पक्षले समन्वय र सहयोग गर्ने अपेक्षा व्यक्त गरेको छ ।

बोर्डले आफ्नो पेसागत हकहित र सुरक्षासँगै आफ्ना विद्यार्थीको भविष्यको लागि उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको लागि शिक्षक महासंघ र शिक्षकहरूमा आग्रह गरेको छ ।

‘आफ्ना पेसागत हकहित र सुरक्षा सँगसँगै आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवम् प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसात गर्दै पेसागत उत्तरदायित्वकै रूपमा उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेबारीमा रही सदा झैँ सहयोग र सहभागिताका लागि राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट पुनः नेपाल शिक्षक महासंघ, विद्यालयका प्रधानाध्यापक तथा समग्र शिक्षक वर्गसँग हार्दिक अनुरोध गरिन्छ’, बोर्डको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ३ : ०९ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप