शिक्षकको आन्दोलनका बीच पनि कक्षा १२ को परीक्षा रोकिएको छैन « Khabarhub

शिक्षकको आन्दोलनका बीच पनि कक्षा १२ को परीक्षा रोकिएको छैन


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षकको आन्दोलनका बीच पनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको तयारी गरेको जनाएको छ । बोर्डले बुधबार सूचना जारी गर्दै सबै विद्यार्थीलाई परीक्षाको तयारीमा लाग्न र अभिभावक तथा अन्य सरोकारवाला पक्षले समन्वय र सहयोग गर्ने अपेक्षा व्यक्त गरेको छ ।

बोर्डले आफ्नो पेसागत हकहित र सुरक्षासँगै आफ्ना विद्यार्थीको भविष्यको लागि उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको लागि शिक्षक महासंघ र शिक्षकहरूमा आग्रह गरेको छ ।

‘आफ्ना पेसागत हकहित र सुरक्षा सँगसँगै आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवम् प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसात गर्दै पेसागत उत्तरदायित्वकै रूपमा उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेबारीमा रही सदा झैँ सहयोग र सहभागिताका लागि राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट पुनः नेपाल शिक्षक महासंघ, विद्यालयका प्रधानाध्यापक तथा समग्र शिक्षक वर्गसँग हार्दिक अनुरोध गरिन्छ’, बोर्डको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ३ : ०९ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज