आङ खस्ने समस्या भएका १४ जनाको निःशुल्क शल्यक्रिया « Khabarhub

आङ खस्ने समस्या भएका १४ जनाको निःशुल्क शल्यक्रिया


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएकाको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ ।

यसबाट आर्थिक अभाव र विभिन्न समस्याका कारण लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिला लाभान्वित हुन थालेका छन् । 

यहाँका १४ जनाका निःशुल्क शल्यक्रिया गरिएको अस्पताल प्रमुख सन्तोष देवले जानकारी दिए । 

आङ खस्ने समस्या रहेका तर आर्थिक समस्याका अन्यत्र गएर उपचार गर्न नसकेकाहरू यसबाट लाभान्वित भएका उनले बताए । 

‘हामीले उपचार मात्रै होइन, उपचारपश्चात् रु एक हजार ५०० खर्चसमेत उपलब्ध गराउँछौँ । खान बस्नको व्यवस्था मिलाइएको छ । यसबाट गत वर्ष छ जना र यस वर्ष १४ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ’, अस्पताल प्रमुख देवले बताए । 

यसका लागि पहिले गाउँपालिकास्तरमा स्वास्थ्य शिविर आयोजना गर्ने गरिएको छ । यसै क्रममा खाँदबारी नगरपालिकाको शिविरबाट पाँच, सिलिचोङ गाउँपालिकाका पाँच, मादी, पाँचखपन नगरपालिका तथा मकालु र सभापोखरी गाउँपालिकाका एक/एक जना लाभान्वित भएका छन् । शिविरमा २५ जनाको आङ खस्ने समस्या पहिचान भएको र बाँकीको चाँडै शल्यक्रिया गरिने अस्पतालले जनाएको छ । 

अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायत सेवा सञ्चालनमा छन् । यहाँ जिल्लाका १० स्थानीय तहमात्रै नभई छिमेकी जिल्ला भोजपुरका नागरिकले पनि सेवा लिने गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ४८ बजे

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

एजेन्सी – सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले

पूर्वस्वास्थ्य सचिव मिश्रा मुछिएको १४ करोडको भ्रष्टाचार मुद्दामा मागियो पाँच लाख धराैटी

काठमाडौं-विशेष अदालतले पूर्वस्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रासँग पाँच लाख

कोशी सरकार र कर्मचारी सञ्चय कोषबीच पेन्सन व्यवस्थापनका लागि सम्झौता

काठमाडौं– कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन

‘पुष्पा ३: द रैम्पेज’ मा अल्लू अर्जुन र सलमान खान एकसाथ

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको ‘पुष्पा’ फ्रेन्चाइजीले दर्शकहरूको मन