टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु « Khabarhub

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बारा – पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ भुइँपुलस्थित सडकमा आज टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया निवासी ४६ वर्षीय नारायणहरि शर्मा र तत्काल नाम, थर, वतन नखुलेको कार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवै जनाको प्रसूति अस्पताल निजगढ बारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पण्डितले बताउनुभयो । टिपर चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ९ : २४ बजे

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर