प्रतिनिधिसभा बैठकमा बस्दै « Khabarhub

प्रतिनिधिसभा बैठकमा बस्दै


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक– २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, मन्त्री पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक– २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक– २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक– २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ६ : ५३ बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय