एमाले उपमहासचिव गुरुङ सम्मानित « Khabarhub

एमाले उपमहासचिव गुरुङ सम्मानित


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

लमजुङ– नेकपा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ पृथ्वीसुब्बा गुरुङ सम्मानित भएका छन् ।

एमाले लमजुङको नवौँ जिल्ला अधिवेशनको प्रथम बैठक समापनका अवसरमा आज उहाँसहित दुई सय १४ जनालाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतले सम्मान गरेका हुन् ।

राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा भाग लिइ जनताको आवाज संसदमा पु¥याउने र पञ्चायति शासन व्यवस्थाको भण्डाफोर गर्ने पार्टीको नीतिबमोजिम २०४३ सालमा भएको निर्वाचनमा भाग लिएका नेता गुरुङ थोरै मतले पराजित भएका थिए ।

सोही अवसरमा विसं २०४३, २०४९ र २०५४ मा पार्टीको तर्फबाट उम्मेदवार बनेका जिल्लास्थित नेतागणलाई पनि सम्मान गरिएको थियो ।

२०३४ सालदेखि राजनीतिमा सक्रिय नेता गुरुङ पार्टीभित्र खरो र प्रष्ट वक्ताका रूपमा परिचित छन् ।

सञ्चारमन्त्री गुरुङसहित पूर्वजनप्रतिनिधिलाई पार्टीको नीतिअनुसार समाजवादोन्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने कार्यमा उल्लेखनीय योगदान गरेको र पार्टी निर्माणमा विगतमा देखाएको क्रियाशीलता, योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जिल्ला अध्यक्ष विष्टले बताए ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १२ : २७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार