खानेपानी मन्त्रीले भने- वीरगञ्जमा जल निकासी प्रणालीमा सुधार हुन्छ « Khabarhub

खानेपानी मन्त्रीले भने- वीरगञ्जमा जल निकासी प्रणालीमा सुधार हुन्छ


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

परवानीपुर– खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताएका छन्  ।

आज वडा नं २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दै उनले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा बर्सातको समयमा हुने जल जमावटको समस्या पूर्णरुपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताए ।

मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको उल्लेख गरे ।

उनले भने, ‘खानेपानी तथा ढल निकासको क्षेत्रमा निकै उल्लेख्य काम भएका छन्, नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्ण प्रतिबद्ध छ ।’

शुद्ध खानेपानी वितरण, नाला तथा ढल निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधालाई प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्नसमेत मन्त्री यादवले सम्बन्धित निकायलाई निर्देशन दिए  । 

एक करोड ७२ लाख रुपैयाँको लागत शिलान्यास गरिएको उक्त नाला तथा ढलान निर्माण वडा नं १८ सुखचैना र वडा नं २१ परवानीपुरसम्म एक हजार २५६ मिटर लम्बाइ रहेको वडा नं २१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले जानकारी दिए । 

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १ : ०५ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले