एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी « Khabarhub

एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एक जिल्ला र १३ वटा जनसङ्गठनको अधिवेशन गर्न बाँकी रहेको छ । 

एमालेले निर्धारित समयभन्दा ढिलो भइसकेकाले धनुषा जिल्ला र अन्य १३ जनसङ्गठनको अधिवेशन यही महिनाभित्र सक्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । 

विसं २०८१ जेठभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने भनेता पनि अझै धनुषाको अधिवेशन सम्पन्न हुन बाँकी छ । धनुषाको अधिवेशन गत वैशाख २० देखि २३ गते सुरु भए पनि विवादका कारणले रोकिएको छ । 

आयोगका अध्यक्ष सुब्बाका अनुसार धनुषाको अधिवेशन यही जेठ ७ गते तोकिएको छ । ‘पार्टी नेतृत्वबाट यही जेठ ७ गते धनुषामा मतदानबाट अधिवेशन सम्पन्न गर्न निर्देश आएको छ’, उनले भने, ‘हामी ७ गतेबाट निर्वाचन प्रक्रिया सुरु गर्छौं ।’

यस्तै एमालेले गत चैत मसान्तसम्म जनसङ्गठनको महाधिवेशन सम्पन्न गर्ने निर्देशन दिए पनि नौ वटा मात्र जनसङ्गठनको महाधिवेशन सम्पन्न भएका छन् । 

आयोग अध्यक्ष डा सुब्बाका अनुसार अनेरास्ववियु, राष्ट्रिय युवा सङ्घ, अखिल नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ लगायतको महाधिवेशन गर्न बाँकी रहेको छ । 

उनले ति जनसङ्गठनको महाधिवेशन यही जेठभित्र सम्पन्न गर्ने गरि कार्यतालिका प्रकाशन गरिसकेका छन् । एमालेका २२ जनसङ्गठन रहेका छन् । 

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १ : १८ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले