समाज डेण्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोष घोषणा  « Khabarhub

समाज डेण्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोष घोषणा 


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाज डेण्टलले गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा  गरेको छ ।अस्पतालको २५ औँ वार्षिकोत्सवको अवसरमा हस्पिटलका प्रबन्ध निर्देशक शंकु घिमिरेले गुणस्तरीय दन्त स्वास्थ्यमा सबैको पहुँच भन्ने उद्देश्यसहित स्थापित संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै विशिष्टीकृत स्वास्थ्य सेवा प्रदानमा प्रतिबद्ध रहेको बताए । 

उनका अनुसार विसं २०५८ साउन १ गते स्थापना भएको समाज डेन्टलले हाल काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा गरी कूल १० स्थानमा सेवा दिइरहेको र आगामी दिनमा देशका ७७ वटै जिल्लामा उपचार सेवा विस्तार गर्ने लक्ष्य जानकारी गराउँदै प्रबन्ध निर्देशक घिमिरेले १ करोड रुपैयाँ बराबरको उपचार कोष स्थापनाको घोषणा गरे । 

यो रकम बराबरको उपचार सेवाले गरिब तथा विपन्न नागरिकको दन्त उपचारका लागि सहयोग गरिने उनले भनाइ छ  । 

यस्तै कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’ को विकास र प्रवर्द्धनका लागि दन्त उपचारको क्षेत्रलाई विस्तार र व्यवस्थित गरिनुपर्नेमा जोड दिएका छन् । 

समाज डेन्टल अस्पतालको २५ औँ वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै मन्त्री पौडेलले मेडिकल टुरिजमलाई आकर्षित गर्नका निम्ति आँखा, दाँत उपचारको विश्वसनीयता अझ बढी बढाउनुपर्ने खाँचो औँल्याए । 

कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक एवं अस्पतालका संस्थापक श्यामकुमार घिमिरेलेले अस्पतालको सेवालाई देशभर विस्तार गर्ने योजना रहेको बताए  । 

दन्त स्वास्थ्यको क्षेत्रमा जनचेतना, सामान्य मानिसको पहुँच विस्तार गर्ने र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्षसहित संस्था स्थापित भएको उनले उल्लेख गरे । समाज डेण्टलले हाल १० ठाउँबाट दन्त सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १२ : ३५ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य