पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल « Khabarhub

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा आरोहण मार्ग जोखिमपूर्ण बन्दै गएको निष्कर्षसँगै सुरक्षित वैकल्पिक मार्गको खोजी तथा अध्ययन गर्नुपर्ने आवश्यकतालाई औँल्याएका छन् ।

मन्त्रालयमा आज मन्त्री पाण्डेको उपस्थितमा भएको उक्त छलफलमा खुम्बु आइसफल हुँदै क्याम्प–१ सम्म जाने हालको परम्परागत मार्ग आरोहीहरूका लागि अत्यन्तै जटिल र खतरनाक रहेकाले यसको विकल्प खोज्नु आजको आवश्यकता भएको निष्कर्ष निकालिएको हो ।

मन्त्री पाण्डेले बैठकमा बोल्दै भने, “सगरमाथा हाम्रो राष्ट्रिय गौरवको प्रतीक हो । हरेक वर्ष यहाँ हजारौँ विदेशी र नेपाली आरोहीको चाप रहन्छ । उनीहरूको जीवनरक्षाका लागि हामीले सुरक्षित, वातावरणमैत्री र दीर्घकालीन समाधानको मार्ग खोज्नैपर्छ ।”

बैठकमा प्रसिद्ध फ्रेन्च पर्वतारोही मार्क मारी बटार्ट र नेपाली आरोही स्पिड काजी शेर्पाले हालसम्म आफूहरूले गरेको वैकल्पिक मार्गको खोज, सर्वेक्षण र फोटोग्राफिक दस्तावेजहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।

बटार्ड र शेर्पा सन् २०१८ देखि नै नयाँ मार्ग पहिचानको अभियानमा क्रियाशील छन् भने २०८१ सालमा पनि उनीहरूले नेपाल सरकारको समन्वयमा परीक्षण आरोहणमार्फत नयाँ सम्भावनाहरूको अध्ययन गरे ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ९ : ५३ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको