सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषदबीच समझदारी पत्रमा हस्ताक्षर  « Khabarhub

सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषदबीच समझदारी पत्रमा हस्ताक्षर 


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषदबीच विश्वविद्यालयले सञ्चालन गर्दै आएको इन्जिनियरिङ कार्यक्रमलाई वासिङ्टन सम्झौताअनुसारको मान्यता दिलाउन आवश्यक पहल गर्ने र परिणाममा आधारित शिक्षा प्रवर्द्धन गर्ने भएको छ ।

सम्झौता पत्रमा सुदूरपश्चिम विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. हेमराज पन्त र नेपाल इन्जिनियरिङ परिषद्का तर्फबाट अध्यक्ष प्रा।डा। पदमबहादुर शाहीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने इन्जिनियरिङ कार्यक्रमहरूलाई अन्तर्राष्ट्रियस्तरमा परिचित बनाउन सहयोग पुग्नेछ । यसबाट विश्वविद्यालयका स्नातक गरेका इन्जिनियरहरूले अन्तर्राष्ट्रिय बजारमा रोजगारी पाउन, अन्य मुलुकमा पेशागत लाइसेन्स लिन सहज हुने र उनीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौता कार्यक्रममा विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन प्रा.डा. किसनदत्त भट्ट, चिकित्सा शिक्षा संकायका डिन प्रा.डा. हेमनाथ जोशी तथा नेपाल इन्जिनियरिङ परिषदका रजिस्ट्रार ध्रुवराज भट्टराईलगायत दुवै पक्षका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १२ : १६ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको