सामुदायिक वनमा झाडी फाँडेर वृक्षारोपण सुरु « Khabarhub

सामुदायिक वनमा झाडी फाँडेर वृक्षारोपण सुरु


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको लहान नगरपालिका–१५ स्थित चुरे क्षेत्रमा पर्ने झोवाई खोल्सी सामुदायिक वनमा स्थानीय समुदायको सक्रिय सहभागितामा झाडी फाँडेर व्यवस्थित वृक्षारोपण अभियान सुरु गरिएको छ । 

वातावरणीय संरक्षण, जैविक विविधता विस्तार र वन उपजको उत्पादन वृद्धि गर्ने उद्देश्यले थालिएको यस अभियानले चुरे क्षेत्रको हरियाली पुनः स्थापना गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीका अनुसार वनभित्रका खाली जग्गाहरूमा पहिले रोपिएका बिरुवाहरूको गोडमेल गर्ने र नयाँ बिरुवाहरू रोप्ने काम धमाधम भइरहेको छ । उनका अनुसार, डिभिजन वन कार्यालय सिरहा, लहानको प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताहरूले वृक्षारोपण र संरक्षण कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेका हुन् । 

‘वनको ४.५ प्रतिशत क्षेत्रमा पहिले गरिएको वृक्षारोपणको रेखदेख, संरक्षण र थप बिरुवा रोप्ने काम उपभोक्ता समितिको व्यवस्थापनमा भइरहेको छ,’ चौधरीले भने ।

उनका अनुसार, वनमा मुख्यगरी टिक, जामुन, खयर, पाँचपाते, अमला, मसला लगाएका बिरुवा रोपिएका छन् । 

कुल २७७ हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वन क्षेत्रभित्र रहेका खाली जग्गाहरूमा हजारौँ बिरुवा लगाइएको चौधरीको भनाइ छ । त्यसमा, सडक विस्तारका क्रममा नष्ट भएका बिरुवाको क्षतिपूर्ति स्वरूप पनि सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।

यसैबीच, चाइना रेलवे कम्पनीले कञ्चनपुर–कमला सडक विस्तारका क्रममा मासिएका बोटबिरुवाबापत क्षतिपूर्ति स्वरूप करिब ३८ हजार बिरुवा सामुदायिक वनमा रोपिएको छ । यस सम्बन्धमा सडक विस्तार आयोजना पश्चिम खण्ड (सिरहा)का सूचना अधिकारी सरोज कोइरालाले भने, ‘सडक विस्तारका क्रममा एउटा बोट नष्ट हुँदा त्यसको सट्टामा २५ वटा बिरुवा रोप्नुपर्ने प्रावधानअनुसार यस्तो गरिएको हो । त्यसमा हाम्रो आर्थिक व्ययभार मात्र रहेको छभने बिरुवा कहाँ र कस्तो रोप्ने भन्ने जिम्मेवारी डिभिजन वन कार्यालयको हो ।’

डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र नागरिक समाजको सहकार्यमा चुरेको वातावरणीय संरक्षणमा ठूलो टेवा पुर्‍याउने उद्देश्यले यहाँका नाङ्गा डाँडामा हरियाली अभियान थालिएको जानकारी दिए । त्यसका लागि आव २०८१-८२ मा डिभिजन वन कार्यालयका तर्फबाट मात्रै करिब दश लाख बिरुवा रोपिएको छ, जुन चुरे संरक्षणतर्फको एक ऐतिहासिक प्रयासका रूपमा लिइएको छ । 

उनले चुरे क्षेत्रका नाङ्गाा डाँडामा वृक्षारोपण कार्य दिगो रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै अगाडि भने, ‘माटोको कटान, भू–क्षय, पानीको अभाव जस्ता समस्याहरूको समाधानमा वृक्षरोपणले ठूलो सहयोग गर्नेछ । त्यसैले ती बिरुवाहरूलाई जोगाएर हुर्काउने र वन क्षेत्रलाई स्थायी रूपमा हरियाली बनाउने कार्यमा स्थानीय सामुदायिक वन समितिसँग समन्वय गर्दै अघि बढ्नेछौँ ।’

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १ : १९ बजे

‘लालीबजार’ एक्सप्लेनर : रोशनी बादीले फिल्म हेरेपछि…

काठमाडौं- बादी समुदायबारेका तीन सिर्जना (दुई किताब ‘ऐलानी’ र ‘नथिया’

बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

ढाका- बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक