व्यावसायिक कुखुरा पालनबाट मासिक एक लाख आम्दानी  | Khabarhub Khabarhub

व्यावसायिक कुखुरा पालनबाट मासिक एक लाख आम्दानी 


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ का रेवन चौधरी व्यावसायिक कुखुरापालक उद्यमीका रूपमा परिचित छन् । लेयर्स जातका कुखुरापालनमा लागेका उनले महिनामै तीन लाख बढीका अण्डा बिक्री गर्छन् ।

कामदार, कुखुराको चारो, औषधि लगायतको खर्च कटाएर चौधरीले महिनामा एक लाख जतिको रकम आम्दानी गर्छन्। नगरपालिका क्षेत्रको चौधरी नै पहिलो व्यावसायिक रूपमा कुखुरापालक किसानका रूपमा छन्। तीन दशकदेखि उनले व्यावसायिक रूपमा कुखुरा पालन गर्दै आएका छन् । 

उनको जीवनयात्रा कहालीलाग्दो सङ्घर्ष र कठिनाइको बाटो पार गर्दै यहाँसम्म आइपुगेको हो । कहिल्यै नचुहिने घर, अन्नपातले भरिएको भान्सा र व्यावसायिक कुखुरा फार्मले सजिएको वर्तमान जीवनलाई उनले दशकअघिको खरले छाएको झुपडीसँग जोडेर हेर्छन्।

‘त्यो झुपडीमा एउटा कोठा सुत्नका लागि प्रयोगमा ल्याउँथ्यौँ, अर्को कोठामा कुखुरापालन हुन्थ्यो’, उनले भने, ‘वर्षा लाग्दा पानी चुहेर सुत्ने ठाउँसमेत नहुने अवस्था हुन्थ्यो, छोरालाई वर्षाको पानीबाट जोगाउन सिरकभित्र लुकाउँथ्यौँ, हामी दुवै बुढाबुढीको अधिकांश समय छानो टाल्दैमा बित्थ्यो ।’

चौधरीको पुर्ख्यौली घर कृष्णपुर नगरपालिका–६, बालुवाफाँटा हो । अहिले पनि उहाँको त्यहाँ कमाइ खोने जग्गा छ । त्यो जग्गालाई उहाँले अधियामा खेती गर्नका लागि दिएका छन् । सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुग्नुअघि नै उनी परिवारसँगै नगरपालिकाको झलारी बजार बजारमा बस्नका लागि आइपुग्नुभएको हो । बस्ने ठेगानै नभएपछि चिनजानका स्थानीय घुम्मन चौधरीको जग्गामा सानो झुपडी बनाएर बसाइ सुरू भएको उनी स्मरण गर्छन्। त्यही झुपडीमै विसं २०५६ मा कुखुरा पालन व्यवसायको सुरुवात भयो । 

देशमा संकटकाल घोषणा भएको बेलाको एउटा सम्झना चौधरीका लागि अझै पनि गहिरो छ । कुखुरा पालनका लागि खर ल्याउन बेलडाँडी पुगेका उनी ट्र्याक्टरमा खरसहित झलारी फर्किँदै गर्दा सुरक्षाकर्मीले विद्रोही पक्षका लागि कार्य गर्न थालेको आशंकामा चालकलाई नियन्त्रणमा लिएका थिए ।

‘केही दिन प्रहरी चौकीकै चक्कर काट्नु पर्‍यो, धेरै हारगुहारपछि मात्रै चालक छुटाउन सक्यौँ’, उनले भने। जस्तोसुकै समस्या आए कुखुरा पालन भने उनले कहिल्यै छाडेनन्।

चौधरीको उद्यमशील यात्राको पहिलो पाइलो ब्रोइलर कुखुराबाट सुरू भयो । पाँच सय कुखुराबाट सुरू गरेको व्यवसाय बिस्तारै बढ्दै गयो । आम्दानी बढेसँगै उनले चल्ला थप्दै लगे। त्यतिबेला झलारी बजारमा व्यावसायिक रूपमा ब्रोइलर पालन गर्ने उहाँ मात्रै एक्लै थिए । यही आम्दानीबाट उनले चार कठ्ठा जग्गा खरिद गरे र स्थायी फार्म निर्माण गरे । 

सात वर्षसम्म ब्रोइलर कुखुरा पालन गरेपछि चौधरीले लेयर्स कुखुरा पालन गर्न थाले । आज उनीसँग दुई वटा फार्म छन् । त्यहाँ तीन हजारभन्दा बढी लेयर्स कुखुरा पालन गरिएका छन् । कुखुरा पालनका लागि चौधरीले ४० लाख बढी लगानी गरेका छन्।

दैनिक छदेखि आठ पेटी अण्डा उत्पादन हुन्छ, जसको मूल्य स्थानीय बजारमा प्रति पेटी रु तीन हजार तीन सय पर्छ । महिनामा झण्डै  तीन लाखको अण्डा बिक्री हुन्छ भने रु दुई लाख जति खर्च कटाएर पारिवारिक जीवन सहज रूपमा धानिएको छ । बिहान ५ बजेदेखि साँझ ढल्केसम्म परिवारका सबै सदस्य काममा खटिन्छन् ।

उनकी श्रीमती पृथीदेवी चौधरी भन्छिन्, ‘आम्दानी यहीबाट छ, त्यही भएर गाह्रो भए पनि मेहनत गर्नपर्छ ।’

 कुखुरा पालनकै आम्दानीले चौधरीले छोरीलाई उच्च शिक्षासम्म पढाएर अहिले सरकारी सेवा प्रवेश गरेको उनले बताइन्। उनले छोरालाई १० लाख खर्च गरेर वैदेशिक रोजगारीका लागि युरोपको सर्विया पठाएका छन्। उनले अर्को छोरालाई पढाइपश्चात् पढाइ विवाह गरेर आफूसँगै व्यवसायमा संलग्न गराएका छन्।

दश वर्षका लागि भाडामा जग्गा लिएर चौधरीले तीन वर्षअघिदेखि बङ्गुर पालन व्यवसाय सुरु गरे ।

‘पहिलो वर्ष ४५ वटा बङ्गुर पाल्दा राम्रो आम्दानी भयो’, उनले भने, ‘त्यसको एक वर्षअघि महामारी फैलिएर धमाधम अन्य किसानका बङ्गुर मर्ने क्रम सुरु भएपछि ३१ वटा बङ्गुर बिक्री गरिदिए ।’

हाल फार्ममा ११ वटा मात्र बाँकी छन् । गतवर्ष मात्रै उहाँले रु दुई लाख २५ हजारका पाठापाठी बिक्री गरेका थिए ।

चौधरी केवल व्यवसायी मात्रै नभएर समाजसेवीका रूपमा चिनिन्छन् । उनले वेस नामक संस्थाको अध्यक्ष भएर दुई दशकभन्दा बढी समय समाजसेवामा सक्रिय भूमिका खेलेका छन् । 

आज उनले व्यवसायमै आत्मनिर्भर बनेर सन्तानलाई उज्ज्वल भविष्य दिन सकेका छन् । खरझुपडीमा बिताएका दिन उहाँको जीवनको एउटा अध्याय भए पनि आजको दृढता र लगनशीलताको जग त्यहीबाट राखिएको कुरा उनी निर्धक्कसँग बताउँछन् । 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १ : ३३ बजे

परराष्ट्रमन्त्रीको प्रष्टिकरण : विपिन जोशीको रिहाइका लागि निरन्तर पहल र कोसिस गर्‍यौँ

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो

‘३६ को आँकडा’मा अभिनय गर्न नेपाल आइन् निरुता, दुई दशकपछि रेखासँग सहकार्य गर्दै

काठमाडौं – सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनय गर्न

विदेश सचिव मिस्रीको दुई दिने नेपाल भ्रमण, नयाँदिल्लीले भन्यो : उपलब्धि र फलदायी

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने नेपाल भ्रमण सकेर

‘कहाँ गयौ तिमी’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै फिरोज

काठमाडौं – ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा गरेका फिरोज तिमलसेनाले