कोशीमा पहिलोपटक प्रदेश राजस्व कार्यालय « Khabarhub

कोशीमा पहिलोपटक प्रदेश राजस्व कार्यालय


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धरान– कोशी प्रदेश सरकारले पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । 

कोशी प्रदेश सरकारअन्तर्गतको आन्तरिक राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा कार्यालयको उद्घाटन गरिएको हो ।

आज आयोजित एक समारोहबीच कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले प्रदेश सरकारले अपेक्षाअनुसार राजस्व संकलन गर्न नसकेको परिस्थितिमा सुधार ल्याउन यो कार्यालय स्थापना गरिएको बताए।

‘जनतामा करको बोझ नपर्नेगरी राजस्व सङ्कलनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यालय सञ्चालनमा ल्याइएको हो,’ उनले भने।

मन्त्री रानाका अनुसार कुन–कुन क्षेत्रबाट राजस्व संकलन हुन सकेको छैन भन्ने पहिचान गरी अब कार्यालयमार्फत आवश्यक समन्वय र सहजीकरण हुने बताए। उनले प्रदेश सरकारले आन्तरिक स्रोत परिचालनमा जोड दिँदै समावेशी र दिगो आर्थिक प्रणाली निर्माणमा ध्यान केन्द्रित गरिरहेको बताए ।

समारोहमा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदी, सशस्त्र प्रहरी बल नं ४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : ४७ बजे

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौं- पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा यसको

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी

काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

काबुल- पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरुलाई सशक्त बनाउनको लागि

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट)- रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा