अर्थसंक्षेप : बढ्न सकेन कर्जाको माग, राष्ट्र बैंकले एक महिनामै खिच्यो तीन खर्ब ८० अर्ब, चाँदी आयातमा पाँच लाख डलरसम्मको सटही सुविधा र नेप्से नौ अंकले उकालो « Khabarhub

अर्थसंक्षेप : बढ्न सकेन कर्जाको माग, राष्ट्र बैंकले एक महिनामै खिच्यो तीन खर्ब ८० अर्ब, चाँदी आयातमा पाँच लाख डलरसम्मको सटही सुविधा र नेप्से नौ अंकले उकालो


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नेप्से नौ अंकले बढ्दा ट्रेडिङ समूहमा आकर्षण, कति भयो कारोबार ?

कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१६ अंकले बढेको छ । नेप्से ०.३३ प्रतिशतले बढ्दा परिसूचक २७७०.३९ विन्दुमा पुगेको छ ।

नेप्से बढ्दा कारोबार रकम भने घट्न पुगेको छ । सोमबार ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँ बाराबरको १ करोड ५२ लाख २९ हजार ९२१ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा १७५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर रहेन ।

सोमबार दिनभरमा ३२० वटा कम्पनी करोबारमा आउँदा ६७ हजार ९५९ पटक शेयर किनबेच भएको छ

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

नेपालमा अत्याधुनिक वासर ड्रायर सार्वजनिक

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने

बढ्न सकेन कर्जाको माग, राष्ट्र बैंकले एक महिनामै खिच्यो तीन खर्ब ८० अर्ब

चालु आर्थिक वर्ष २०८२/०८३ लागेयता नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८ पटकमा तीन खर्ब ८० अर्ब रुपैयाँ तरलता खिचिसकेको छ ।

तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले यसरी बारम्बार यसरी पैसा खिचिरहेको छ । एकातर्फ बैंकहरूमा पैसा थुप्रिरहँदा अर्कोतर्फ लगानीको वातावरण सुस्ताउँदै गएको देखिएको छ । व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन नगएपछि अहिले राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न पैसा खिचिरहेको हो ।

केन्द्रीय बैंकले साउन ४ गते ४२ दिनका लागि ५० अर्ब, साउन ७ गते ५६ दिनका लागि ८० अर्ब, साउन ११ गते २८ दिनका लागि ५० अर्ब, साउन १४ गते ४२ दिनका लागि २५ अर्ब रुपैयाँ बैङ्किङ प्रणालीबाट खिचेको थियो ।

त्यस्तै, साउन १९ गते ५० अर्ब रुपैयाँ ४२ दिनका लागि, साउन २१ गते ४० अर्ब रुपैयाँ ३५ दिनका लागि, साउन २८ गते २५ अर्ब २५ दिनका लागि र भदौ १ गते ६० अर्ब रुपैयाँ ३१ दिनका लागि खिचेको थियो ।

चाहिनेभन्दा बढी तरलता भए, त्यसले ब्याजदरलाई झन् तल लान सक्ने भएकाले पैसा खिच्ने गरिएको राष्ट्र बैङ्कको प्रवक्ता किरण पण्डित बताउँछन् ।

‘ऋणको माग भएन भने ब्याजदर तल जाने हुन्छ’, पण्डितले भने, ‘ब्याजदर धेरै तल पनि नजाओस् भनेर सिमाना राख्न खोज्छौँ । ब्याजदरले मुद्रा स्फीतिमा समेत असर गर्ने भएकाले त्यसलाई सन्तुलनमा राख्न हामी प्रयास गछौँ ।’

सिटिजन्स सुपर–३० ले १२.७५ प्रतिशत लाभांश दिने 

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

चाँदी आयातका लागि पाँच लाख डलरसम्मको सटही सुविधा

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ६ : ५९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क