शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस « Khabarhub

शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदन पेस भएको छ ।  

सिंहदरबारमा सोमबार बसेको बैठकमा समितिका सचिव दशरथ धमलाले समिति सभापति अम्मरबहादुर थापालाई विधेयकको प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन समिति सदस्यहरूलाई वितरण गरिएपछि दुई दिनका लागि अध्ययनको समय दिइएको समिति सभापति थापाले जानकारी दिए । अध्ययन गरिसकेपछि बस्ने बैठकमा आउने सुझावहरूका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिइने उनले बताए  ।

उनले पूर्ण छात्रवृत्तिका विषयमा आफ्नो जोड रहे पनि राज्यले धान्न सक्ने गरी उत्तरदायी बन्नुपर्ने धारणा राखे । केही प्रतिशत निजी र केही प्रतिशत सरकारले थप गर्ने गरी विपन्नलाई  पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने वातावरण बनाउनुपर्ने उनले बताए । 

त्यसअघि बैठकमा शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा अधिकांश विषय सरकारले स्वीकार गरिसकेका विषय उल्लेख भए पनि अध्ययनका लागि दुई दिनको समय दिन आग्रह गरेका थिए । उनले विधेयक अघि बढाउन निकै ढिलाइ भएकाले छिटो पारित गर्न पनि आग्रह गरे ।  

समितिमा पेस भएको प्रतिवेदन अध्ययन गरेर भदौ ५ गते बस्ने बैठकमा छलफल गरेर प्रतिवेदन पारित गर्ने समितिको तयारी छ । 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ६ : ५७ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको