युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान « Khabarhub

युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले सोमबार वासिङ्टनमा हुने युक्रेन शान्ति वार्तामा संलग्न ‘सबै पक्ष’ लाई सकेसम्म छिटो निष्पक्ष र स्थायी शान्ति सम्झौतामा पुग्न आह्वान गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वार्ताका लागि अमेरिकी राजधानीमा स्वागत गरेका छन् । तर क्रिमियाको पुनः प्राप्ति वा नाटोमा युक्रेनको प्रवेशको विषय वार्ताको टेबलमा राखिएको छैन ।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग एकल भेटघाट गर्ने अपेक्षा गरेका छन्  र त्यसपछि युरोपेली आयोग प्रमुख उर्सुला भोन डेर लेयनसहितका युरोपेली नेताहरूको समूहसँग भेट गर्ने तालिका छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबारको पत्रकार सम्मेलनमा भने, ‘सबै पक्ष र सरोकारवालाहरूले समयमै वार्तामा भाग लिन र सकेसम्म चाँडो निष्पक्ष, स्थायी, बाध्यकारी र स्वीकार्य शान्ति सम्झौतामा पुग्नुपर्छ ।’

सोमबारको वार्ता शुक्रबारको अलास्का शिखर सम्मेलन पश्चात भएको हो । अलास्कामा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटले युक्रेन संकटमा तत्कालीन युद्धविराम कायम गर्न सफल नभए पनि दुवै नेताले युक्रेनलाई ‘बलियो सुरक्षा ग्यारेन्टी’ दिने वाचा गरेका थिए।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा माओले भने, ‘संकटको शान्तिपूर्ण समाधानका लागि अनुकूल सबै प्रयासमा चीन समर्थन गर्दछ । रुस र अमेरिकाले सम्पर्क कायम राखेको र युक्रेन संकटको राजनीतिक समाधान प्रक्रियामा प्रगतिशील कदम चालिरहेको देखेर हामी खुसी छौँ ।’

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ७ : ४० बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको