नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता « Khabarhub

नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा चीन र नेपालका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ मा सम्झौता भएको छ ।

सिएफआरडीले सोमबार आयोजना गरेको कार्यक्रममा   ललितपुरका दुई र नुवाकोटको एक गाउँबीच सो परियोजना सञ्चालन गर्न सम्झौता भएको हो । 

चीनको कोइलुङ र ललितपुरको गोटीखेल, ललितपुरकै खोकना र चीनको प्याङयाङ एवं नुवाकोटको किम्ताङ र चीनको गउँगाङबीच सो सम्झौता भएको हो । आगामी दिनमा ती गाउँका अनुभव आदानप्रदान हुने जनाइएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सङले सिएफआरडीले विगत १० वर्षदेखि निरन्तर खानेपानी, शिक्षा र गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले यस्ता कार्यले दुई देशका जनस्तरको   सम्बन्ध थप दरिलो हुने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा सिएफआरडीसँग मिलेर दुई देशको सम्बन्ध र विकासमा नयाँ युगको सुरुआत गर्न सकिने बताए।

ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले  सिएफआरडी परियोजनाले बालबालिकाको विकास र गरिबी निवारणमा महत्त्वपूर्ण सहयोग पुगेको बताए। समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीले गरिबी निवारणमा सिएफआरडीले महत्त्वपूर्ण सहयोग गरेको बताए।

सो अवसरमा  सिएफआरडीका निर्देशक चेन हानटाउले नेपालको गरिबी न्यूनीकरण र मानवीय सहायताको क्षेत्रमा सहयोग गर्दै आाएको जानकारी दिए। सो परियोजनाले नेपालमा हाइब्रिड धानखेती, उच्चस्तरीय सागसब्जीखेतीजस्ता कार्यक्रम सञ्चालन गरेर गरिबी न्यूनीकरणमा योगदान गर्दै आएको छ ।

कार्यक्रममा कृषि, विपद् व्यवस्थापनलगायतका क्षेत्रका सफल अनुभव प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ७ : ५० बजे

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली