सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु « Khabarhub

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ ।

सो गाउँपालिका–२ सीतापुरका स्थानीय ७२ वर्षीयासजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंगी टिप्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी खडक नगरपालिका–६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमै डुबेर आज साँझ एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खडक नगरपालिका–७ बस्ने १८ वर्षीय राजा चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीकृष्णाजन्मष्टमीको अवसरमा गाउँमा बनाइएको मूर्र्ति सेलाउन पोखरीमा जाँदा उनी डुबेका हुन् । डुबेर अचेत भएका चौधरीलाई गाउँलेहरुले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ९ : ४२ बजे

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र