एनआईसी एशियाबाट बाहिरिए सीईओ न्यौपाने « Khabarhub

एनआईसी एशियाबाट बाहिरिए सीईओ न्यौपाने


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् । यससँगै एनआईसीमा न्यौपानेले ७ वर्ष लामो सीईओको जिम्मेवारीलाई पूर्णविराम दिएका हुन् ।

न्यौपानेले बुधबार सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका हुन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले नायब कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई कायममुकायम प्रमुखको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

उनी २०७९ कात्तिक १६ गते दोस्रो पटक ४ वर्षका लागि एनआईसीको सीईओमा नियुक्त भएका थिए ।

सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा प्रवेश गरेका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरूमा व्यावसायिक उचाइ हासिल गरेपछि न्यौपाने १६ मंसिर २०७५ गते पहिलो पटक सीईओमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १ : २४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको