मिराज ढुंगानाको पत्रकार सम्मेलनमा होहल्ला « Khabarhub

मिराज ढुंगानाको पत्रकार सम्मेलनमा होहल्ला


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा पार्टी घोषणाका लागि पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा मिराज र उनका समूहका केही सदस्यहरुको उपस्थिती रहेको छ ।

उनले आयोजना गरेको पत्रकार सम्मेलनमा होहल्ला मच्चिएको छ ।

पत्रकार सम्मेलनमा एक जना पत्रकारले कडा प्रश्न सोधेपछि एक्कासी होहल्ला मच्चिएको हो । प्रश्नकर्ता पत्रकारले उनलाई ‘पार्टी खोलिसकेपछि जनताको मत दुरुपयोग भए गोली हान्ने’ आशयको प्रश्न सोधेका थिए । त्यसपछि मिराज र उनको समूहले ती पत्रकारको प्रश्न सोध्ने शैलीमा आपत्ति जनाएका थिए ।

त्यस्तै, केही पत्रकारले एभरेस्टजस्तो महङ्गो होटेलमा कार्यक्रम आयोजना गर्ने पैसा कहाँबाट आयो भन्ने प्रश्न गरेपछि पनि केही समय पत्रकार सम्मेलनको वातावरण अशान्त भएको थियो । यसको जवाफमा मिराजले पत्रकार सम्मेलन गर्ने सुविधा सित्तैमा पाएको जवाफ दिएका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  २ : ०७ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा