अपेक्षित वैदेशिक सहायता प्राप्तिमा सरकार विफल « Khabarhub

अपेक्षित वैदेशिक सहायता प्राप्तिमा सरकार विफल


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको वैदेशिक सहायता प्राप्त गर्न नसक्ने भएको छ ।

चालु आर्थिक वर्षको ६ महिना समय बित्दा वार्षिक लक्ष्यको १४.८ प्रतिशत मात्रै वैदेशिक सहायता प्राप्त गर्न सफल भएकाले सरकारले लक्ष्य अनुसारको वैदेशिक सहायता प्राप्त गर्न नसक्ने देखिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आइतबार अर्थ मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ७२ करोड रूपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ । जब कि सरकारले चालु आर्थिक वर्षमा ५२ अर्ब ३३ करोड वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको थियो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने समीक्षा अवधिमा सरकारले रकमको आधारमा ४.८ प्रतिशत बढी र लक्ष्यको आधारमा समान वैदेशिक अनुदान प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा सरकारले वैदेशिक ऋण पनि लक्ष्य अनुसारको प्राप्त गर्न नसक्ने देखिएको छ । समीक्षा अवधिमा सरकारले ४१ अर्ब ३७ करोड वैदेशिक ऋण प्राप्त गरेको छ । जुन लक्ष्यको १९ प्रतिशत मात्रै हो ।

समीक्षा अवधिमा गत आवको सोही अवधिको तुलनामा भने सरकारले रकमको आधारमा १० प्रतिशत बढी वैदेशिक ऋण लिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ४ : ५७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार