गायिका एलिनाको आक्रोश : सबैकुरा मिडियालाई थाहा होला ! « Khabarhub

गायिका एलिनाको आक्रोश : सबैकुरा मिडियालाई थाहा होला !


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका एलिना चौहान अहिले चर्चामा छिन् । उनको चर्चा अहिले गायकी र सिर्जनाले भने भएको होइन, वैवाहिक सम्बन्धमा चिसो पसेको ‘गसिप’ले हो । उनी घरेलु हिंसाको शिकार बनेकोसम्म चर्चा चलको छ ।

यसै पनि सिलिब्रिटीको स-साना क्रियाकलाप चर्चामा रहन्छन् । उनीहरूको खानपान र पहिरनसमेत चर्चाका विषय बन्छन् । प्रेम, ब्रेकअप, विवाह र डिर्भोसबारे चर्चा नहुने त कुरै भएन !

गायिका चौहान गत वैशाखमा बागलुङका विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी हुन् । विवाहको एक वर्ष नबित्दै उनीहरूको सम्बन्ध सङ्कटमा परेको चर्चा छ ।

विष्णु र एलिनाले भने यसबारे बोलेका छैनन् । सम्बन्ध चिसिएको र एलिना घरेलु हिंसापीडित बनेको चर्चा भइरहँदा दुवै मौन बस्नुले थप संशय पैदा गरेको छ ।

यसबारे खबरहबले एलिनासँग बुझ्ने प्रयास गरेको थियो । तर, एलिना बोल्न चाहिनन् । उल्टै मिडियाप्रति आक्रोश पोखिन् ।

चर्चामा आएका विषय आफ्ना निजी र व्यक्तिगत भएकाले मिडियाले चासो राख्नुनपर्ने उनको तर्क छ ।

उनले आक्रोश पोख्दै भनिन्, ‘मैले यसबारे केही बोलेको छैन । मिडियालाई नै सबै कुरा थाहा रहेछ । जसले जे लेख्यो – उसैलाई थाहा होला ।’

यति जवाफपछि एलिना थप बोल्न चाहिनन्, फोन सम्पर्क टुटाइन् ।

किन भयो चर्चा ?

एलिना र उनका श्रीमान् विष्णु

एलिना विवाहपश्चात् केहीसमय श्रीमानसँग अस्ट्रेलियामै बसिन् । विवाह पक्का भएपछि खबरहबसँग उनले अस्ट्रेलियामा आफ्नो हुनेवाला श्रीमानको व्यवसाय रहेको बताएकी थिइन् ।

विवाहपछि उनी पनि उतै गएकी थिइन्‌ । अस्ट्रेलियामा केही महिना बसेपछि उनी नेपाल फर्किइन् । गत असोजमा नेपाल फर्किएपछि आफू ओशो मार्गी बनेको उनले जानकारी दिएकी थिइन् ।

एलिना अहिलेकी व्यस्त गायिका हुन् । अहिले मेला महोत्सवको समय भएकाले त्यतै उनको व्यस्तता छ । उनको दाम्पत्य जीवनबारे पनि यही महोत्सव यात्राकै एक सन्दर्भले चर्चा चुलिएको हो ।

गत साता गायिका तथा नृत्य प्रस्तोता ज्योति मगरले फेसबुकमा एउटा स्ट्याट्स राखेर केही समयमै हटाइन् । त्यो स्ट्याट्समा उनले लेखेकी थिइन् – आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । २५ मिनेटको छोटो यात्रामा उनले पीडाहरू खोलिन् । बरर आँसु झारिन् । रगताम्मे अनुहार, आँखा र मुखभरी निलडाम घाउको फोटो देखाउँदै अरु कसैलाई नभन्नुहोला दिदी । यस्तोसम्म भोगेँ…’

ज्योतिले हिंसामा परेकी गायिकाको नाम खुलाएकी थिइनन् । आवश्यक परे र पीडितको अनुमतिले नाम खुलाउने प्रतिबद्धता उनको थियो ।

ज्योतिले उक्त स्ट्याट्सबाटै ‘घरेलु हिंसामा पर्दा अन्य महिलाहरूको अवस्था के होला ?’ भन्ने प्रश्न गर्नुका साथै यसको विरुद्धका लाग्न आह्वान गरेकी थिइन् ।

यही स्ट्याट्सले को हुन् ती हिंसामा परेकी गायिका भन्ने चर्चा हुन थाल्यो । सामाजिक सञ्जालमा ज्योतिको स्ट्याट्सले राम्रै चर्चा बटुल्यो ।

एपीवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘रजतपट’मा वरिष्ठ चलचित्र पत्रकार प्रकाश सुवेदीले भने यसबारे नयाँ तथ्य सार्वजनिक गरे ।

प्रकाशले ज्योति र एलिनाको पोखरा जाने क्रममा भेट भएको र हिंसाको शिकार एलिना बनेको दाबीसहितको रिपोर्ट बजाए । प्रकाशले आफ्नो दाबीको ‘रिफ्रेन्स’ भने गायक बद्री पंगेनीको भिडियोलाई बनाएका थिए ।

बद्री पंगेनीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा ज्योति र एलिनाको भेट भएको पुष्टि गर्थ्यो । महोत्सवमा प्रस्तुती दिन ज्योति, एलिना र बद्री पोखरा र तनहुँ लगायत स्थानमा जाँदै गरेको सो भिडियोबाट पुष्टि हुन्थ्यो ।

ज्योतिले ‘पोखरा जाने क्रममा गायिकासँग भेट भयो’ भनेर तोक्नु तथा बद्रीको भिडियोले ज्योति र एलिनबीच भेट भएको तथ्य पुष्टि गर्नु नै यो चर्चाको जड हो ।

अहिले एलिनाका श्रीमान् अस्ट्रेलियामा छन् । एलिना विभिन्न कार्यक्रममा व्यस्त छिन् । यी दुवैले यसबारे सार्वजनिक रूपमा बोलेका छैनन् । यो चर्चाले भने एलिना तनावमा रहेको बुझिएको छ ।

श्रीमानसँग सम्बन्ध बिग्रिएको चर्चा चलिरहेको बेला एलिनाको नयाँ गीत, ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : ४१ बजे

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा