दुर्घटनामा एकै परिवारका तीन जना घाइते « Khabarhub

दुर्घटनामा एकै परिवारका तीन जना घाइते


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

सिराहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१३ मा विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१८प ८३२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र२–०१–००१प ७९ नम्बरको सङ्कल्प विद्या आश्रमको बसले ठक्कर दिँदा उदयपुरको एकै परिवारका तीन जना घाइते भएका हुन् । 

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार घाइते हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–६ देउरीका ४० वर्षीय किरण थापा, उनकी श्रीमती २५ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजा कुमारी थापा रहेका छन् । 

घाइतेको लहान प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । 

बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । घाइते किरण सिरहाको मिर्चैया नगरपालिकास्थित स्वस्तीक पाठशाला स्कुलमा लेखापालको रूपमा कार्यरत थिए । 

उनी घर फर्किने क्रममा दुर्घटना परेका हुन् । बस चालक दिपेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ६ : ३५ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी