बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि महानगरका दुई विकल्प « Khabarhub

बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि महानगरका दुई विकल्प


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरी बसेका तरकारी, फलफूल तथा कपडा व्यापारीलाई स्थानान्तरणका लागि दुई वटा विकल्प दिएको छ । 

महानगरले दोस्रो पटक सार्वजनिक सूचना जारी गरेर उद्यान परिसरमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनका लागि विकल्प प्रस्ताव गरेको हो । 

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बिपी उद्यान संरक्षण गर्दै व्यापारीलाई व्यवस्थित गर्न लागिएको बताए  । 

‘उद्यान परिसरमा व्यापार तथा व्यवसाय गर्दै आएका फलफूल तथा तरकारी व्यापारीलाई वडा नं १६ नगवास्थित कृषि बजारमा राख्ने व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘दोस्रो विकल्पमा वडा नं २ छपकैयाँमा ३२ कठ्ठा क्षेत्रफलमा सेड तयार पार्ने काम भइरहेको छ ।’

कर्णले सेडमा अत्यावश्यक पूर्वाधार निर्माण पूरा भएपछि बिपी उद्यान खाली गर्ने अभियानले सार्थकता पाउने बताए । ‘अहिले सेड निर्माणसँगै खाल्डाखुल्डी पुर्ने र विद्युत् जडानलगायतका काम भइरहेको छ, सेडको अत्यावश्यक संरचना तयार हुने बित्तिकै बिपी उद्यान खाली गराउँछौँ’, उनले भने ।
 
महानगरले गत पुस २० गते बिपी उद्यानमा रहेका अस्थायी घरटहरा बनाएर बसेका डोमबस्तीको संरचना भत्काएको थियो । 

यद्यपि अहिले पनि तरकारी, फलफूल तथा कपडा व्यापार भने त्यहीँ व्यापार गरिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत कर्णले बिपी उद्यानका अतिक्रमण गरी निर्माण गरिएका सबै पसल हटाउने प्रतिबद्धता व्यक्त गरे । 

महानगरले यसअघि गत मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरी बिपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो । 

उक्त म्याद गत पुस १० गते सकिएको थियो । तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बिपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रो पटक गत पुस १२ गते सात दिने म्याद राखेर सार्वजनिक सूचना जारी गरेको थियो । 

दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दा पनि खाली नगरेपछि महानगरले गत पुस २० गते डोजर लगाएर बिपी उद्यान परिसरमा अस्थायी घरटहरा बनाएर बसेका डोम समुदायको टहरा भत्काएको थियो । बिपी उद्यान व्यवस्थित गरी पर्यटकीय गन्तव्य बनाउने महानगरको तयारी छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ६ : ५० बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको