नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो « Khabarhub

नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

लागोस – नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या बढेर ८६ पुगेको छ । साठी हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर शनिबार देशको मध्य भागमा सडकमा पल्टिएपछि विस्फोट भएको अधिकारीहरूले बताएका छन् ।

नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता इब्राहिम औदु हुसेनीले भने,“ट्याङ्कर विस्फोटबाट मृत्यु हुनेको अन्तिम सङ्ख्या ८६ पुगेको छ ।”

“हामीले हिजो दिउँसो १२ बजेदेखि आज दिउँसो २ बजेसम्म ८६ जलेका शवलाई गाड्यौं । हामीलाई शव गाड्न १४ घण्टा लाग्यो किनभने हामीले खन्नेहरू पाउन सकेनौं र म्यानुअल रूपमा सामूहिक चिहान खन्न स्थानीयहरूलाई बोलाउनुप¥यो । अन्य ५२ जना विस्फोटबाट गम्भीर जलेको छ ।”

सङ्घीय राजधानी कादुनासँग जोड्ने सडकमा डिक्को जंक्शनमा विस्फोट भएको हो ।सन् २०२३ मा राष्ट्रपति बोला टिनुबुले इन्धन सब्सिडी समाप्त गर्नुभयो, जसले खाना र यातायात लागत बढ्यो ।

इन्धन ट्याङ्कर विस्फोटमा राष्ट्रपतिले गहिरो दुःख व्यक्त गरे । साथै, इन्धनको गम्भीर जोखिम र वातावरणीय खतराहरूको बारेमा जनचेतना जगाउन राष्ट्रिय अभियानको लागि उनले आदेश दिए ।

अक्टोबरमा, उत्तरी नाइजेरियाको जिगावा राज्यमा यस्तै दुर्घटनामा १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सन् २०२० मा, फेडरल रोड सेफ्टी कोप्र्सले एक हजार ५३१ इन्धन ट्याङ्कर दुर्घटनाहरू सूचीबद्ध गरेको छ, जसले ५३५ भन्दा बढीको ज्यान लियो ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ९ : ५४ बजे

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक