जनताको अवस्था बदल्न एकताबद्ध हुन आवश्यक : प्रचण्ड « Khabarhub

जनताको अवस्था बदल्न एकताबद्ध हुन आवश्यक : प्रचण्ड


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन् । 

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । 

‘नेपाली जनताको बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिष्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको छ’, दाहालले भनेका छन्, ‘यी उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, जनयुद्ध, २०६२-६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनको निर्णायक भूमिका छ ।’

पूर्वप्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डामार्फत बदलिएको प्रजातन्त्र दिवसले देशका चुनौती छिचोल्दै नवीनतम् सम्भावना प्राप्त गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्। 

उनले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्ने सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : ३४ बजे

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल