अधिकार क्षेत्रभित्र रही विकास गनुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

अधिकार क्षेत्रभित्र रही विकास गनुपर्छ : मुख्यमन्त्री कार्की


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र कानुनले दिएको अधिकारी क्षेत्रभित्र रही प्रदेशको विकास गर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ प्रदेशस्तरीय मूल समारोह समितिद्वारा आयोजित ‘७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस’ मूल समारोहको आज सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई बलियो बनाई समृद्ध हासिल गर्नेतर्फ सरकार क्रियाशील छ भन्दै प्रदेश सरकार स्थापना भएको सात वर्षमा उल्लेखनीय काम भएको जानकारी दिए ।

उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा सुखी नेपाली र समृद्ध नेपाल बनाउने राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न प्रदेश सरकार योजनाबद्ध अघि बढिरहेको छ ।”

मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माण गरी राष्ट्रलाई समुन्नत बनाउने भन्दै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राजनीतिक दलहरूबीच सहमति, सहकार्य र एकता हुनुपर्छ भने। उनले आम नागरिकलाई सुखी बनाउन र शान्ति, सुरक्षा प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध छ भन्दै मुलुकलाई विकास र विकसित बनाउन निजी क्षेत्रसँग पनि सहकार्य गर्ने कुरामा जोड दिए।

उनले मुलुकमा सङ्घीयता स्थापना भएपछि संविधानले कल्पना गरेको समाजवाद पूरा हुने भन्दै मुलुकमा प्रजातन्त्र स्थापना गर्न आफ्ना ज्यान बलिदान गर्नुभएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

त्यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, विभिन्न सङ्घसंस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, विभिन्न जातजातिको संस्कृति झल्किने झाँकीसहितको र्यालीले नगरपरिक्रमा गरेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : ४५ बजे

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष