राज्य शक्तिको स्रोत जनता हुन् : मुख्यमन्त्री कँडेल « Khabarhub

राज्य शक्तिको स्रोत जनता हुन् : मुख्यमन्त्री कँडेल


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यायलाल कँडेलले राज्य शक्तिको स्रोत जनता भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले राज्य शक्तिको स्रोत जनता भएको बताएका हुन् ।

मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण रहेको मुख्यमन्त्री कँडेलले बताए ।

‘आजको यस दिनले हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्बन गर्दे जनताका अपेक्षाहरू पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनका सहिद परिवार, बेपत्ता, घाइते एवम् अङ्गभङ्ग भएका व्यक्तित्वहरू,आन्दोलनमा अगुवाइ गर्ने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै जनसमुदाय, नागरिक समाज, राजनीतिक कार्यकर्ताहरू एवम् सबै क्षेत्र र वर्ग समुदायको योगदानको उच्च प्रशंसा गर्दछु।’ 

नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण रहेको र यस दिनले हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्बन गर्दे जनताका अपेक्षाहरू पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेमा विश्वास लिएको मुख्यमन्त्री कँडेलले बताए ।

‘लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विक्रम संवत् २००७ सालको क्रान्ति थियो भन्ने हामीले बिर्सन हुँदैन,’ उनले भने,‘प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।’ 

उनले नेपाली जनताको सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानले लिएको यो लक्ष्य जनस्तरमा परिवर्तनको महशुस गराउन सके मात्र प्राप्त गर्न सक्छौँ भन्ने यर्थाथतालाई हामीले बिर्सनु नहुने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ११ : ५७ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी