बिहान खाली पेट दौडिने कि खाएर ? « Khabarhub

बिहान खाली पेट दौडिने कि खाएर ?


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिँड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो। 

हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईँको मेटाबोलिजम बढ्न जान्छ ।

फटाफट वा गति बढाएर हिँड्दा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। यदि तपाईँ नियमित रूपमा हिँड्नुहुन्छ भने, यसले तपाईँको मांसपेशिहरु कसिलो बनाउँछ र तौल कम गर्दछ। हिँड्दा मुड राम्रो रहन्छ किनभने यसले तनाव कम गर्दछ । 

हिँड्दा मुटु र कलेजोको रोगबाट पनि बचाउँछ । यसरी हेर्दा तीव्र गतिमा हिँड्नुका धेरै फाइदाहरू छन् । तर प्रायः मानिसहरूको दिमागमा अन्योल हुन्छ कि केही खाएपछि हिँड्ने कि खाली पेटमा हिँड्ने ? यसको बारेमा हामी केही जानकारी दिनेछौँ ।

खाली पेटमा हिँड्नुको फाइदा:

यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने खाली पेटमा हिँड्नु तपाईँको लागि निकै फाइदाजनक साबित हुन सक्छ । यो एक प्रकारको फास्टिङ कार्डियो हो। यदि मानिस स्वस्थ छ भने उसले हरेक बिहान खाली पेटमा तीव्र गतिमा हिँड्नु पर्छ । जब कोही खाली पेटमा हिँड्छ, उसको पेटमा केही रहँदैन। मतलब, शरीरले तपाईँको शरीरमा रहेको बोसोको ऊर्जा प्रयोग गर्न थाल्छ। त्यसैले खाली पेटमा हिँड्दा तौल घट्छ । 

शरीरले बिहान कम ग्लुकोज भण्डारण गर्छ। जब तपाईँ हिँड्नुहुन्छ, तपाईँको शरीरको मांसपेशीहरूमा संकुचन हुन्छन्। यस्तो अवस्थामा शरीरमा पहिले नै जम्मा भएको ऊर्जा मात्र खर्च हुन्छ किनभने संकुचनका लागि ऊर्जा चाहिन्छ। मांसपेशीहरूले यो ऊर्जा रगतमा रहेको चिनीबाट लिन्छन्। 

जब रगतमा चिनीको मात्रा कम हुन थाल्छ, कलेजोले ग्लाइकोजन तोड्न थाल्छ। यो ग्लुकोजमा परिणत हुन्छ र मांसपेशिद्वारा प्रयोग गरिन्छ। यसरी शरीरमा अतिरिक्त क्यालोरी खर्च हुँदा पहिल्यै जम्मा भएको बोसो टुट्दै जान्छ। तर मधुमेह, उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूले खाली पेटमा हिँड्नु हुँदैन।

खाजा खाएर हिँड्नुका फाइदा:

बिहानको खाजा पछि पनि हिँड्दा मानिसहरूले फाइदा लिन सक्छन्। बिहानको खाजा खाइ सके पछि पनि हिँड्न थाल्नुभयो भने पनि फाइदा हुनेछ । खासमा यसले शरीरको स्ट्यामिना बढाउँछ। 

तपाईँको कार्य सम्पादनमा सुधार हुन्छ, यसले पनि शरीरले संचित ऊर्जा खर्च गर्छ । यसले रगतमा चिनीको मात्रा बढाउँदैन। यस्तो अवस्थामा मधुमेहका बिरामीले खाना खाइ सकेपछि हिँड्नु बढी फाइदाजनक हुन्छ । साथै, उच्च रक्तचाप भएका व्यक्तिले खाना खाइ सके पछि हिँड्दा पनि बढी फाइदा हुन्छ । यदि तपाईँ बिहानको खाजा पछि हिँड्नुभयो भने यसले तपाईँको पाचनलाई पनि स्वस्थ राख्छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १२ : ०५ बजे

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको