राजनीतिक स्थिरताको जगमा अब आर्थिक क्रान्ति गर्ने हो : उपप्रधानमन्त्री सिंह « Khabarhub

राजनीतिक स्थिरताको जगमा अब आर्थिक क्रान्ति गर्ने हो : उपप्रधानमन्त्री सिंह


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बर्दिया– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अबको कार्यभार राजनीतिक स्थीरताको जगमा आर्थिक क्रान्ति गर्नु रहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री सिंहले  ०७ सालको क्रान्ति कांग्रेसले गरेको चर्चा गर्दै ०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै  नेतृत्वमै जारी भएको भन्दै अबको कार्यभार संविधानलाई संस्थागत गर्दै जनताको जीवन  र जीविकोपार्जन सहज बनाउनु रहेको बताए । 

प्राप्त गरेको राजनीतिक अधिकारलाई सुरक्षित राखेर राजनीतिक स्थिरताको जगमा अब आर्थिक क्रान्ति गर्ने हो उपप्रधानमन्त्री सिंहले भने। 

अहिलेको व्यवस्था लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै अधिकारसँगै सबैले आआफ्नो जिम्मेवारी पूरा गरेर बलियो बनाउनुपर्नेमा पनि सिंहले जोड दिए। 

अग्रज नेताहरूले आफ्नो समयमा जेलजिवन, यातना, निर्वासन र सहिद भएर दिएको अधिकार सुरक्षित गर्ने दायित्व अहिलेको नेतृत्वको काँधमा रहेको भन्दै उनले त्यसका लागि नेपाली कांग्रेसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी  भएकाले आन्तरिक रूपमा लोकतन्त्रको अभ्यास गर्दा अग्रजहरूले सिकाएको राजनीतिक संस्कार आत्मसाथ गर्नुपर्ने सिंहको भनाई थियो । 

उनले पार्टी संगठनलाई सुदृढ बनाउनका लागि लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे । ०७ सालको क्रान्तिपछि प्रजातन्त्र स्थापनासँगै नेपालमा शिक्षाको लहर आएको बताए। देशको विकास र समृद्धिका लागि शिक्षा अनिवार्य रहेको महसुस गर्दै कांग्रेस नेतृत्वमा बनेको सरकारले गाउँ गाउँमा विद्यालय पुर्‍याएको स्मरण गरे। 

प्रजातन्त्र स्थापनापछि देशभर धेरै विद्यालय स्थापना भएको र त्यसले समाजका हरेक क्षेत्रमा ठुलो परिवर्तन ल्याएको बताए। उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र स्थापनाका लागि योगदान गर्ने बलिदान हुनेहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उनीहरूले देखेको सपना पूरा गर्न सबै लाग्नुपर्ने बताए।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १ : ५२ बजे

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष