ओडिसाका शिक्षामन्त्रीलाई परराष्ट्रमन्त्रीले भनिन्- प्रकृति प्रकरणका दोषीलाई कारबाही गरियोस्  « Khabarhub

ओडिसाका शिक्षामन्त्रीलाई परराष्ट्रमन्त्रीले भनिन्- प्रकृति प्रकरणका दोषीलाई कारबाही गरियोस् 


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसाको उच्च शिक्षामन्त्री (हायर एजुकेशन मिनिस्टर) सूर्यवंशी सुरजसँग नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेकी छन् ।

ओडिसाका शिक्षामन्त्री सुरजलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री राणाले बुधबार नेपाली छात्रा प्रकृतिको हत्या प्रकरण निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेकी हुन् । 

उनले मन्त्री सुरजसँग ओडिसाको भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका नेपाली विद्यार्थीहरूलाई सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि पनि आग्रह गरेकी छन् । 

 जवाफमा मन्त्री सुरजले घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिँदै प्रकृतिलाई न्याय दिलाउन र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएको राणाले बताइन् । 

‘उहाँले यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरूलाई होस्टेलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइएको बताउनुभयो,’ परराष्ट्रमन्त्री राणाले भनिन् । 

सुरजले विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको जानकारी पनि दिएको मन्त्री राणाले बताइन् । 

‘कुराकानीका क्रममा मन्त्री सुरजले नेपालसँगको महत्त्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताउनुभएको थियो,’ उनले भनिन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ४ : २९ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको