संविधान संशोधनमार्फत कमी कमजोरीलाई सुधार्नुपर्छ : देउवा « Khabarhub

संविधान संशोधनमार्फत कमी कमजोरीलाई सुधार्नुपर्छ : देउवा


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका छन् ।

बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले अहिलेको संविधान लचिलो रहेको भन्दै संशोधनमार्फत कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका हुन् ।

समावेशीताको बिषयमा नपुगेका कुराहरूलाई पुरा गर्नका लागि कांग्रेस प्रतिबद्ध रहेको उनले बताए । सभापति देउवाले सम्पूर्ण नेपालीहरूलाई समावेश गराउने गरी नेपालमा समावेशी राजनीति लागू भएको उल्लेख गरे ।  ३३ प्रतिशत महिलाको आरक्षण संसारमा थोरै देशमा मात्रै भएको उनको भनाइ छ । 

उनले अग्रजहरूको त्याग र तपस्याले मुलुकमा परिवर्तन सम्भव भएको भन्दै प्रजातन्त्रका लागि लड्नेहरूलाई कांग्रेसले सदैव सम्मान गर्ने जिकिर गरे । कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पार्टीलाई एकताबद्ध र बलियो बनाउँदै आगामी निर्वाचनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : २५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको