अध्यादेशबारे एकीकृत समाजवादी- बिचौलिया तस्कर र दलाललाई फाइदा पुर्‍याउन ल्याइयो | Khabarhub Khabarhub

अध्यादेशबारे एकीकृत समाजवादी- बिचौलिया तस्कर र दलाललाई फाइदा पुर्‍याउन ल्याइयो


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु असहमति जनाएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्नेगरि अध्यादेशको ल्याएको भन्दै असहमति र विरोध जनाएको हो । 

बैठकले संसद्मा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । 

बैठकले भारतको ओडिसास्थीत एक क्याम्पसमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नका लागि कूटनीतिक पहल गर्न माग गरेको छ भने खोटाङको हलेसीमा केही दिनअघि भएको आगलागीका पीडित पक्षहरूलाई आवश्यक क्षतिपूर्तिको लागि सरकारको ध्यानाकर्षण गराएको ज्वालाले बताए । 

बैठकमा विधान प्रकाशनका सम्बन्धमा सम्मानित नेता झलनाथ खनालले असन्तुष्ट व्यक्त गरेका थिए । महाधिवेशनले निर्णय गरेका कुराहरू फरक ढंगले विधानमा समावेश भएकाले त्यसलाई सच्चाउने निर्णय भएको ज्वालाले जानकारी दिए । 

त्यस्तै बैठकले बिहीबारबाट सुरु हुने पार्टीको केन्द्रीय कमिटी बैठकको एजेन्डा पारित गरेको छ । 

अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्य योजना लगायतका केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू पारित गरेको प्रचार विभाग प्रमुख ज्वालाले बताए । 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ५१ बजे

बैंकिङ कसूर गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं- बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको

बाढी आउनसक्ने भन्दै जलविद्युत् आयोजनालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई

कांग्रेसलाई गुट-उपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्नुपर्नेमा

‘विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं’

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जारी

महाभारत गाउँपालिका अध्यक्षले बुझाए गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

काभ्रे– काभ्रेपलाञ्चोक जिल्लाको विकट महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गृहमन्त्री