प्रहरी विधेयकबारे रास्वपाले गर्‍यो पूर्व कर्मचारीसँग अन्तरक्रिया  « Khabarhub

प्रहरी विधेयकबारे रास्वपाले गर्‍यो पूर्व कर्मचारीसँग अन्तरक्रिया 


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग अन्तरक्रिया गरेको छ । 

बुधबार नेपाल प्रहरी क्लब प्रदर्शनी मार्गमा पार्टीका सांसदहरूले संघीय सदनमा टेबल गरिएको नेपाल प्रहरी सम्बन्धी विधेयक बारे छलफल गर्न प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग अन्तरक्रिया गरेको हो । 

संघीय सदनमा अहिले नेपाल प्रहरी सम्बन्धी विधेयक टेबल भएको छ । यसबारे रास्वपाले गहिरो अध्यायन गरिरहेको रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बताउँछन् । 

‘नेपाल प्रहरी सम्बन्धी विधेयकमा हामीले गहिरो अध्यायन गरिरहेका छौँ । तथ्य र सत्यका आधारमा सबैसँग छलफल गरेर धारणा राख्ने तयारी छ ।’ उनले खबरहबलाई भने, ‘अन्य विज्ञ व्यक्तिहरूसँग पनि छलफल गरिरहेका छौँ । प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूले अझ सुझाव दिनुभएको छ ।’ 

छलफलमा नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारी प्रकाश अर्याल, कमल सिंह बम, केदार साउद विजयलाल कायस्थ, बम बहादुर भण्डारी र सुरेन्द्र शाह सहभागी थिए ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू डा. चन्दा कार्की,  मनिष झा, सुमना श्रेष्ठ, गणेश पराजुली, अशोक चौधरी, लक्ष्मी तिवारी र बिन्दबासिनी कंसकार लगायतको उपस्थित रहेको पार्टी प्रवक्ता मनिस झाको भनाइ छ । 

यस्तै अन्तरक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयका तर्फबाट संशोधन तयारीमा आबद्ध कर्मचारीहरू पनि उपस्थित थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : १६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको