प्रहरी विधेयकबारे रास्वपाले गर्‍यो पूर्व कर्मचारीसँग अन्तरक्रिया  | Khabarhub Khabarhub

प्रहरी विधेयकबारे रास्वपाले गर्‍यो पूर्व कर्मचारीसँग अन्तरक्रिया 


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग अन्तरक्रिया गरेको छ । 

बुधबार नेपाल प्रहरी क्लब प्रदर्शनी मार्गमा पार्टीका सांसदहरूले संघीय सदनमा टेबल गरिएको नेपाल प्रहरी सम्बन्धी विधेयक बारे छलफल गर्न प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग अन्तरक्रिया गरेको हो । 

संघीय सदनमा अहिले नेपाल प्रहरी सम्बन्धी विधेयक टेबल भएको छ । यसबारे रास्वपाले गहिरो अध्यायन गरिरहेको रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बताउँछन् । 

‘नेपाल प्रहरी सम्बन्धी विधेयकमा हामीले गहिरो अध्यायन गरिरहेका छौँ । तथ्य र सत्यका आधारमा सबैसँग छलफल गरेर धारणा राख्ने तयारी छ ।’ उनले खबरहबलाई भने, ‘अन्य विज्ञ व्यक्तिहरूसँग पनि छलफल गरिरहेका छौँ । प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूले अझ सुझाव दिनुभएको छ ।’ 

छलफलमा नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारी प्रकाश अर्याल, कमल सिंह बम, केदार साउद विजयलाल कायस्थ, बम बहादुर भण्डारी र सुरेन्द्र शाह सहभागी थिए ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू डा. चन्दा कार्की,  मनिष झा, सुमना श्रेष्ठ, गणेश पराजुली, अशोक चौधरी, लक्ष्मी तिवारी र बिन्दबासिनी कंसकार लगायतको उपस्थित रहेको पार्टी प्रवक्ता मनिस झाको भनाइ छ । 

यस्तै अन्तरक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयका तर्फबाट संशोधन तयारीमा आबद्ध कर्मचारीहरू पनि उपस्थित थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : १६ बजे

च्याम्पियन्स ट्रफी : अफगानिस्तानविरुद्ध रिकेल्टनको शतकमा दक्षिण अफ्रिकाको शानदार जित

कराँची – रेन रिकेल्टनको पहिलो एक दिवसीय शतकसँगै दक्षिण अफ्रिकाले

रुस-युक्रेन युद्ध रोक्न बेलायत र फ्रान्सले सहयोग नगरेको ट्रम्पको आरोप

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनको युद्ध

शनिबारका लागि कुन विदेशी मुद्रदाको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल फागुन १० गते शनिबार फागुन

आज २०८१ साल फागुन १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन १० गते शनिबार फागुन