प्रहरी विधेयकबारे रास्वपाले गर्‍यो पूर्व कर्मचारीसँग अन्तरक्रिया  « Khabarhub

प्रहरी विधेयकबारे रास्वपाले गर्‍यो पूर्व कर्मचारीसँग अन्तरक्रिया 


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग अन्तरक्रिया गरेको छ । 

बुधबार नेपाल प्रहरी क्लब प्रदर्शनी मार्गमा पार्टीका सांसदहरूले संघीय सदनमा टेबल गरिएको नेपाल प्रहरी सम्बन्धी विधेयक बारे छलफल गर्न प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग अन्तरक्रिया गरेको हो । 

संघीय सदनमा अहिले नेपाल प्रहरी सम्बन्धी विधेयक टेबल भएको छ । यसबारे रास्वपाले गहिरो अध्यायन गरिरहेको रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बताउँछन् । 

‘नेपाल प्रहरी सम्बन्धी विधेयकमा हामीले गहिरो अध्यायन गरिरहेका छौँ । तथ्य र सत्यका आधारमा सबैसँग छलफल गरेर धारणा राख्ने तयारी छ ।’ उनले खबरहबलाई भने, ‘अन्य विज्ञ व्यक्तिहरूसँग पनि छलफल गरिरहेका छौँ । प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूले अझ सुझाव दिनुभएको छ ।’ 

छलफलमा नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारी प्रकाश अर्याल, कमल सिंह बम, केदार साउद विजयलाल कायस्थ, बम बहादुर भण्डारी र सुरेन्द्र शाह सहभागी थिए ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू डा. चन्दा कार्की,  मनिष झा, सुमना श्रेष्ठ, गणेश पराजुली, अशोक चौधरी, लक्ष्मी तिवारी र बिन्दबासिनी कंसकार लगायतको उपस्थित रहेको पार्टी प्रवक्ता मनिस झाको भनाइ छ । 

यस्तै अन्तरक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयका तर्फबाट संशोधन तयारीमा आबद्ध कर्मचारीहरू पनि उपस्थित थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : १६ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको