धनगढीमा सीप मेला : एक हजार ४० युवाले तालिम लिने « Khabarhub

धनगढीमा सीप मेला : एक हजार ४० युवाले तालिम लिने


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनगढी– सीपयुक्त युवा उत्पादन गर्ने र युवा स्वरोजगार बढाउने उद्देश्यले फागुन ८ गतेबाट धनगढीमा सीप तथा रोजगार मेला आयोजना हुने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने मेलामा सुदूरपश्चिमका ९ जिल्लाका ३९ पालिकाका युवा सहभागी हुनेछन् । 

धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा मेला आयोजना हुन लागेको हो । ४० दिने तालिम प्याकेज सहित धनगढीको खुलामञ्चमा आयोजना सञ्चालन हुनेछ । 
 
एक महिनासम्म चल्ने तालिमको बिहीबार सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

धनगढीमा बुधवार पत्रकार सम्मेलन गर्दै मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । 

युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सिप सिकाई दक्ष बनाउने उद्देश्यले तालिम दिन लागिएको धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले जानकारी दिइन् । 

तालिममा भाग लिन सुदूरपश्चिमका ९ जिल्लाको ४७ पालिकाबाट चार हजार ८३० जनाले आवेदन दिएकामा ३९ पालिकाका एक हजार ४० जनालाई विभिन्न ८ क्षेत्रका २९ विषयमा तालिम दिइने आयोजक संस्थाका अध्यक्ष प्रमोद पाठकले जानकारी दिए । 

स्वदेशमै रोजगारका अवसर पाउन दक्ष जनशक्ति तयार गर्न मेला आयोजना गर्न लागेको नगरप्रमुख गोपाल हमालले बताए। उनले युवाहरूलाई विभिन्न सिप सिकाएर आकर्षक र राम्रो रोजगारीको अवसर पाउन भनेर विभिन्न २९ विषयमा तालिम दिन लागेको बताए ।

मेलामा प्रतिस्पर्धाबाट छानिएका प्रशिक्षकहरूबाट २९ विषयमा तालिम दिइने छ। ३० दिन विभिन्न विधामा सिपमूलक तालिम दिइने छ भने ५ दिन जीवनोपयोगी र उद्यमशीलता सम्बन्धी तालिम दिइने छ।मेलामा करिब अढाई करोड खर्च हुने अनुमान गरिएको छ । 

यस्तै, दुई दिन रोजगारदाता र तालिम प्राप्त युवाहरूबीच अन्तरक्रिया गर्नका लागि रोजगार मेला आयोजना गरिने छ। मेलाले सुदूरपश्चिमको समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : ३५ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै