माओवादीको ‘तराई–मधेस जागरण अभियान’- कचनकवलबाट थालेर कञ्चनपुरमा समापन « Khabarhub

माओवादीको ‘तराई–मधेस जागरण अभियान’- कचनकवलबाट थालेर कञ्चनपुरमा समापन


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि चैत ७ गतेसम्म तराईका जिल्लाहरूमा अभियान चलाउने भएको छ ।

‘तराई–मधेस जागरण अभियान’ अन्तर्गत १ महिनासम्म अभियान  अभियान सञ्चालन हुने पार्टी सचिव देवेन्द्र पौडेलले खबरहबलाई बताए । 

पहिलो दिन फागुन १२ गते झापाको कचनकबल गाउँपालिकाबाट सुरु हुने बताइएको छ । अभियानको उद्घाटन यही फागुन १२ गते झापाको कचनकवलको बनियानी बजारबाट हुँदै छ । 

पार्टी महासचिव गुरुङले भने, ‘अभियानको समापन चैत्र ७ गते कञ्चनपुरमा हुने छ । यसले माओवादीको भविष्यमा ठुलो प्रभाव पार्छ ।’ 

माओवादीले २०८२ साल वैशाख महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने समेत योजना बनाएको छ । यस अगाडि पार्टीले तीन महिने जागरण अभियान चलाएको थियो । 

‘तराई–मधेस जागरण अभियाने को टोलीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपलब्ध उपाध्यक्षहरू, महासचिव देव गुरुङ र उप–महासचिवहरू समावेश हुने छन् । 

यस्तै सम्बन्धित जिल्लाका र प्रदेशका नेता सांस्कृतिक टोली पनि रहने छ । यस्तै पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पनि जोडिने सक्ने बताइएको छ । 

अभियानमा आमसभा तथा अन्तरक्रिया समेत हुने सचिव पौडेलको भनाइ छ । उनले भने, ‘पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने, माओवादी पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने’ आदि उद्देश्य लिएर जनतामाझ जाँदै छौँ  ।’

पौडेलले खबरहबलाई भने, ‘पार्टी संगठनलाई स्थानीय स्तरसम्म बिस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीचको सम्बन्ध बिस्तार गर्ने  योजना छ । ०८४ को तयारी पनि हो । जनताको माग छ ।’ 

यता पार्टी सर्कुलरमा पनि हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने भनिएको छ ।

यस्तो छ सर्कुलर

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : ०९ बजे

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो 

काठमाडौं– रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको