माओवादीको ‘तराई–मधेस जागरण अभियान’- कचनकवलबाट थालेर कञ्चनपुरमा समापन | Khabarhub Khabarhub

माओवादीको ‘तराई–मधेस जागरण अभियान’- कचनकवलबाट थालेर कञ्चनपुरमा समापन


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि चैत ७ गतेसम्म तराईका जिल्लाहरूमा अभियान चलाउने भएको छ ।

‘तराई–मधेस जागरण अभियान’ अन्तर्गत १ महिनासम्म अभियान  अभियान सञ्चालन हुने पार्टी सचिव देवेन्द्र पौडेलले खबरहबलाई बताए । 

पहिलो दिन फागुन १२ गते झापाको कचनकबल गाउँपालिकाबाट सुरु हुने बताइएको छ । अभियानको उद्घाटन यही फागुन १२ गते झापाको कचनकवलको बनियानी बजारबाट हुँदै छ । 

पार्टी महासचिव गुरुङले भने, ‘अभियानको समापन चैत्र ७ गते कञ्चनपुरमा हुने छ । यसले माओवादीको भविष्यमा ठुलो प्रभाव पार्छ ।’ 

माओवादीले २०८२ साल वैशाख महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने समेत योजना बनाएको छ । यस अगाडि पार्टीले तीन महिने जागरण अभियान चलाएको थियो । 

‘तराई–मधेस जागरण अभियाने को टोलीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपलब्ध उपाध्यक्षहरू, महासचिव देव गुरुङ र उप–महासचिवहरू समावेश हुने छन् । 

यस्तै सम्बन्धित जिल्लाका र प्रदेशका नेता सांस्कृतिक टोली पनि रहने छ । यस्तै पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पनि जोडिने सक्ने बताइएको छ । 

अभियानमा आमसभा तथा अन्तरक्रिया समेत हुने सचिव पौडेलको भनाइ छ । उनले भने, ‘पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने, माओवादी पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने’ आदि उद्देश्य लिएर जनतामाझ जाँदै छौँ  ।’

पौडेलले खबरहबलाई भने, ‘पार्टी संगठनलाई स्थानीय स्तरसम्म बिस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीचको सम्बन्ध बिस्तार गर्ने  योजना छ । ०८४ को तयारी पनि हो । जनताको माग छ ।’ 

यता पार्टी सर्कुलरमा पनि हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने भनिएको छ ।

यस्तो छ सर्कुलर

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : ०९ बजे

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र

काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

कैलाली – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प