देशको हितका लागि ल्याएको अध्यादेशको विरोध नगरौँ : सञ्चारमन्त्री गुरुङ « Khabarhub

देशको हितका लागि ल्याएको अध्यादेशको विरोध नगरौँ : सञ्चारमन्त्री गुरुङ


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले देशको हितका लागि ल्याइएको अध्यादेशको विरोध गर्नु उचित नभएको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न र अर्थतन्त्रलाई बलियो बनाउन अध्यादेश ल्याइएको भन्दै अध्यादेशको विरोध गर्नु उचित नभएको बताएका हुन् । 

अध्यादेश पास गर्नुको विकल्प नरहेकाले अध्यादेशका पक्षमा साथ दिन उनले आग्रह समेत गरे  ।

भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि भूमिसम्बन्धी अध्यादेश ल्याइएको उनको भनाइ छ । उनले शासन व्यवस्थाअनुसार कानुन परिवर्तन गर्नुपर्ने भएकाले त्यसले त्यसतर्फ ध्यान केन्द्रित गरेको उल्लेख गरे ।

मन्त्री गुरुङले मुलुक संघीयतामा गएपछि विकास निर्माणका धेरै काम भएको जिकिर गरे ।  

उनले मुलुकलाई रूपान्तरण गर्ने नीतिलाई सही बनाउँदै देश र जनताको हितमा अघि बढ्ने बताए । 

लोकतन्त्र खतरामा पर्न लागेको महशुस गरी कांग्रेस र एमालेजस्ता दुई ठूला राजनीतिक दलको गठबन्धनको जरुरी परेको उनले बताए  । 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : २५ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा