मृत्युको प्रमुख कारण बन्दै ध्वनि प्रदूषण | Khabarhub Khabarhub

मृत्युको प्रमुख कारण बन्दै ध्वनि प्रदूषण

कर्कश आवाज र कोलाहलले रोगको जोखिममा सहर र बस्ती


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

युद्ध र भोकमरीका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या कम छैन। हरेक दिन यसरी ज्यान गुमाउनेको सङ्ख्या त्यत्तिकै छ। वातावरण प्रदूषण बढ्दै गएपछि अकालमा ज्यान गुमाउने जोखिम त्यत्तिकै बढ्दै जाने गरेको छ। यी सबै देखिने कारण भए अहिले यादै नगरिएको र हामीले चासो नै नदिएको विषय पनि हाम्रो जोखिमको मुख्य कारण बनेको छ।

मुख्य समस्या भनेको ध्वनि प्रदूषणको हो। यसै ध्वनि प्रदूषण र कर्कस आवाज आजको समयमा धेरै जनाको अकालमा ज्यान जानुको कारण बनेको छ। टाइप टुको हृदयघात र मधुमेहको जोखिम ध्वनि प्रदूषणका कारण बढ्दै गएको तथ्य धेरै पुरानो हो। पछिल्लो अध्ययन अनुसार डिमेन्सियाको समस्या पनि बढेको छ।

कोलाहल पूर्ण वातावरणले हाम्रो श्रावण क्षमता त नास गर्छ नै साथै हाम्रो शरीरको अन्य पाटोमा यसले प्रभाव पार्न सक्छ। लन्डनको सेन्ट जर्ज विश्व विद्यालयका प्रोफेसर चार्लेट क्लर्क अहिलेको यो अवस्था स्वास्थ्यको गम्भीर समस्या भएको बताउँछन्।

यस कोलाहल युक्त संसारले मानिसको स्वास्थ्यमा पारेको प्रतिकुल असरका बारे थप अध्ययन पनि नभएको होइन। एउटा लाइब्रेरीमा उपस्थित भएर शान्त वातावरण र आवाज पैदा गरेर त्यसले शरीरमा पार्ने असरका बारे स्मार्ट वाचमा हेरिएको थियो। शरीरमा आउने पसिना र हृदयको चालको मापनमा पर्ने असर हेरिएको थियो।

कोलाहल पूर्ण वातावरणले हाम्रो श्रावण क्षमता नास गर्छ । साथै हाम्रो शरीरको अन्य पाटोमा यसले प्रभाव पार्न सक्छ। लन्डनको सेन्ट जर्ज विश्व विद्यालयका प्रोफेसर चार्लेट क्लर्क अहिलेको यो अवस्था स्वास्थ्यको गम्भीर समस्या भएको बताउँछन्।

यस परीक्षणको क्रममा संसारका सबै भन्दा कोलाहल र झन्झटिलो लाग्ने आवाजसँग मिल्दो जुल्दो आवाजको कपी गरिएको थियो। एकदमै व्यस्त, कोलाहल र बढी जनघनत्व भएको ढाका सहरको जस्तो आवाज कानमा दिइयो। यसले इरिटेड गराएर मुटुको धड्कन बढ्ने तथा शरीरमा बढी पसिना आएको थियो।

ट्राफिकको आवाजले स्वास्थ्यमा पर्ने असरका बारे धेरै प्रमाण भएको डा. क्लार्कको मत छ। खेल्न जाँदाको रमाइलो आवाजले शरीरलाई सकारात्मक असर गर्छ। कुकुरको भुकाइ तथा छिमेकीको घरमा भएको पार्टीमा बिहानै बज्ने अनेक आवाज पनि शरीरका लागि लाभदायक नभएको पुष्टि भइसकेको छ।

आवाज कान हुँदै मस्तिष्कमा पुग्ने गर्छ। अकगड्या भनिने त्यो भागले धेरै रेस्पोन्स गर्न थाल्छ। ठुलो आवाज एक आपसमा ठोक्दिाको समय जस्ता विषयमा यसै भागले एकदमै छिटो प्रतिक्रिया जनाउँछ। यसले मुटुको चाललाई बढाउँछ। नर्भस सिस्टम सक्रिय हुन थाल्छ र हर्मोनमा दबाब उत्पन्न गराउँछ।

हाम्रो मस्तिष्क र नर्भस सिस्टमको यो प्रक्रियाले हामीलाई दुर्घटनाबाट बचाउन धेरै सहयोग गर्छ। अन्यथा अनावश्यक आवाजले हामीलाई हरेक समय हानी गरिरहेको हुन्छ। प्राध्यापक क्लार्कका अनुसार यसै वातावरणमा लामो समय बिताएमा हृदयघात, उच्च रक्तचाप, स्ट्रोक र टाइप टु मधुमेहको समस्या समेत बढाउन सक्छ।

निदाइरहेको समयमा यस्तो समस्या नआएको तथा कर्कश स्वरको असर हामीलाई पर्दैन भन्ने लागि रहेको हुनसक्छ। यो पनि एउटा भ्रम हो। यसरी सुती रहँदा हाम्रो कान भने निदाइरहेको नहुन सक्छ। यसै कारण यी सबै प्रक्रिया चली नै रहन्छ। एयरपोर्ट नजिक निदाएर शरीरमा सेन्सर लगाएर परीक्षण गरेका कारण सो कुरा पत्ता लागेको थियो।

हाम्रो मस्तिष्क र नर्भस सिस्टमको यो प्रक्रियाले हामीलाई दुर्घटनाबाट बचाउन धेरै सहयोग गर्छ। अन्यथा अनावश्यक आवाजले हामीलाई हरेक समय हानी गरिरहेको हुन्छ। ट्राफिक, रेल र हवाई जहाजका आवाजले अहिले सबै भन्दा धेरै समस्या निम्त्याउने गरेको छ।

ट्राफिक, रेल र हवाई जहाजका आवाजले अहिले सबै भन्दा धेरै समस्या निम्त्याउने गरेको छ। यसमा ट्राफिक आवाज जो बाट हरेक व्यक्ति धेरै जसो प्रताडित छन्, त्यो त गम्भीर समस्या नै बनेको छ। यसका साथै पार्टीमा बज्ने आवाज मानिसका लागि सबै भन्दा घातक बनेको छ।

स्पेनको सहरमा माथि कौसीमा बसेर तल भिडमा रमिता हेर्ने एक महिलाको स्वास्थ्य परीक्षण भएको थियो। पछि विस्तारै उनी त्यस वातावरणमा रमाउन थालिन् र उनलाई सडकको कोलाहलसँग रिस उठ्न थाल्यो। उनको अस्पतालमा गएर परीक्षण हुँदा स्वास्थ्यमा धेरै समस्या देखिएको थियो।

अनुसन्धानकर्ता डा. मारिया फोरास्टार बार्सिलोनामा ट्राफिक आवाजको कारण प्रत्येक वर्ष तीन सय जनामा ह्दयघात हुन्छ। यी मध्यका ३० जनाले ज्यान गुमाउने गरेका छन्।

युरोपमा ध्वनिका कारण निन्द्रामा परेको असरले हरेक वर्ष १२ सय जनाले अल्पायुमा ज्यान गुमाउने गरेका छन्।

आवाज कत्ति ठुलो या सानो भन्ने विषयले मात्र हाम्रो स्वास्थ्यमा कस्तो असर गर्ने भन्ने कुरा निर्भर गर्दैन। यस्ता आवाजले हाम्रो भावनात्मक संवेगलाई गर्ने असरले धेरै कुराको निक्र्यौल गर्छ। डा. फोरास्टर आवाजको कारण पर्ने असरमा वायु प्रदूषणको मात्रा निर्भर रहने बताउँछिन्।

अहिले सर्वत्र सहरीकरण बढ्दो छ। संसारमै यसको मारमा सबै भन्दा बढी परेको सहर ढाका हो। त्यहाँको कोलाहल त अचम्मको छ। कलाकार मोमिमिर रहमान रोयलले प्रत्येक दिन बीच सडकमा १० मिनेट उभिएर शान्त आन्दोलन गर्छन्। उनले आफ्नो छोरी जन्मिएपछि यो अभियान सुरु गरेको बताउँछन्। वन, जङ्गल या अन्यत्र सबै जनावर भए पनि कोलाहल पूर्ण आवाज निकाल्ने मानिस मात्र भएको उनको अनुभव छ।

अहिले संसारमा यो समस्या गम्भीर विषय बनेको छ। हरेक वर्ष यसको समस्या थपिएको छ। अझ धेरै अध्ययन भइरहेका छन्। केही वर्ष अघि प्रकाशित रिपोर्टका अनुसार हरेक वर्ष १० लाख जनाले ध्वनि प्रदूषणका कारण गम्भीर असर भोग्ने गरेका छन्।

विश्व स्वास्थ्य सङ्गठन र युरोपेली इन्भारमेन्टल एजेन्सीले कर्कश आवाज शारीरिक रूपमा घातक ठहर गरिसकेको छ। धेरै अध्ययनका अनुसार मानसिक स्वास्थ्यमा समेत गम्भीर असर परेको रिपोर्ट यी दुवै संस्थाले प्रकाशित गरिसकेका छन्।
संसारका सबै सहरमा बस्ने २० प्रतिशत मानिस ट्राफिकको आवाजका कारण गम्भीर मानसिक तथा शारीरिक जोखिममा रहेको अनुमान युरोपेली युनियनको छ।

अहिले संसारमा यो समस्या गम्भीर विषय बनेको छ। हरेक वर्ष यसको समस्या थपिएको छ। अझ धेरै अध्ययन भइरहेका छन्। केही वर्ष अघि प्रकाशित रिपोर्टका अनुसार हरेक वर्ष १० लाख जनाले ध्वनि प्रदूषणका कारण गम्भीर असर भोग्ने गरेका छन्। आधुनिकतासँगै ध्वनि प्रदूषण मानिसको अल्पायुमा हुने मृत्युको अर्को कारण बनेको छ।
स्रोत : नेचर, बिबिसी

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ९ : १३ बजे

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल ‘सङ्ग्रहालय’ विमोचन

काठमाडौं– एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार संग्रहालयको साझेदारीमा संग्रहालयको

चाडपर्वमा चोरी बढ्ने भन्दै सतर्क रहन प्रहरीको आग्रह

काठमाडौं– चाडपर्व सुरु भएसँगै काठमाडौं उपत्यकामा चोरी बढ्ने भन्दै प्रहरीले

अमेरिकी सरकारको दस्तावेज भन्छ– हर्क साम्पाङले पत्रकारलाई धम्क्याए

काठमाडौं– अमेरिकाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उनका समर्थकले

कार्बन सञ्चितिवापत् नेपालले सन् २०२८ सम्ममा १० अर्बभन्दा बढी रुपैयाँ प्राप्त गर्ने

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा वन

जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्नेछु : मुख्यमन्त्री बानियाँ

बागमती– प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी