स्वास्थ्य मन्त्रालयमा रिक्त दुई पदका लागि आवेदन माग « Khabarhub

स्वास्थ्य मन्त्रालयमा रिक्त दुई पदका लागि आवेदन माग


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रिक्त रहेको दुई वटा १२ औं तहको अतिरिक्त सचिवका लागि आवेदन माग गरिएको छ । 

स्वास्थ्य मन्त्रालय बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै १५ दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा विवरण दर्ता गर्न भनेको छ । 

बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूर भएका एघारौँ तहका अधिकृत कर्मचारीहरूलाई बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको छ ।

मन्त्रालयमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंहले फागुन १२ गते एकै पटक अवकाश पाएका थिए । सचिवमा डा. विकास देवकोटाले जिम्मेवारी पाएपछि मन्त्रालयमा अहिले १२औं तहको अतिरिक्त सचिवका दुई पद रिक्त छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै