‘सक्किगोनि’ उत्पादन र प्रसारण रोकिने, यस्तो छ कारण « Khabarhub

‘सक्किगोनि’ उत्पादन र प्रसारण रोकिने, यस्तो छ कारण


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार कुमार कट्टेल ‘ज्रिगी’ र अर्जुन घिमिरे ‘पाँडे’को लेखन तथा निर्देशन रहेको टेलिसिरियल ‘सक्किगोनि’को उत्पादन र प्रशारण बन्द हुने भएको छ ।

यसका लेखकसमेत रहेका अर्जुनले .सामाजिक सञ्जालमार्फत् ९३ भागपछि उत्पादन प्रसारण बन्द हुने जानकारी दिएका हुन् । पाँच दिनअघि नै ९३ भाग प्रसारणमा आएको थियो ।

सिरियल नबन्नुलाई उनले तेस्रो सिजनपछिको विश्राम भनेका छन् । कार्यक्रमलाई थप परिष्कृत बनाउन विश्राम लिनु परेको उनको भनाइ छ ।

यो विश्राम केही समयका लागि मात्रै रहेको र चाँडै नै नयाँ सिजन प्रसारणमा ल्याउने उनले बताएका छन् ।

अजुर्नले चौथो सिजन उत्पादनका लागि सुझाव समेत मागेका छन् । उनले सोधेका छन्, ‘कला सिर्जनामार्फत नेपाली सामाजिक रुपान्तरणका लागि समाजशास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्ति/व्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठास जस्ता पक्षलाई कुन रुपमा उठाएको हेर्न चाहनुहुन्छ ? ’

यो सिरियलको टिमले फिल्म ‘लाज शरणम्’ पनि बनाएको थियो । जुनले अपेक्षित रुपमा व्यापार गर्न सकेन । यही फिल्मका कारण सबै कलाकारले सिरियललाई समय दिनसेमत भ्याएका थिएनन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ४० बजे

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी