प्यालेस्टाइनमा संकट बढ्दै : एम्बुलेन्ससमेत छाड्दैन इजरायली सेना | Khabarhub Khabarhub

प्यालेस्टाइनमा संकट बढ्दै : एम्बुलेन्ससमेत छाड्दैन इजरायली सेना


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

इजरायल – गाजामा प्यालेस्टाइनीमाथि इजरायली आक्रमण लगातार जारी रहेको छ। शुक्रबार इजरायलले गरेको आक्रमणमा ६४ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य कार्यक्रमले त्यहाँ अहिले लाखौँ जना जोखिममा परेको बताएका छन्।

एकातर्फ लगातारको आक्रमण र अर्को तर्फ भोकमरीका कारण गाजामा धेरैको अवस्था खराब बनेको छ। इजरायलले खाद्यान्न र राहत वितरणमा पूर्ण रूपमा अवरोध सिर्जना गरेको छ। युद्ध सुरु भएको १८ महिनामा ५१ हजार ६५ जना मारिएको तथा एक लाख १६ हजार ५०५ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

त्यहाँको सरकारी सञ्चार माध्यमले भने ६१ हजार सात सय जना मारिएको बताए। नाब्लसमा इजरायली सेनाले बन्दुक तेर्साएर रेडक्रसको एम्बुलेन्स फिर्ता पठाएको भिडियो सार्वजनिक भएको छ। सो एम्बुलेन्सले राहत सामग्री बोकेको थियो।

अहिले प्यालेस्टाइनी घर, क्याम्प र अस्पतालमा आफूलाई असुरक्षित महसुस गर्न थालेका छन्।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : ५२ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप